धान खरिदमा लक्ष्य प्राप्त भएन, समितिको निर्णय नै झन्झटिलो
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १७:५०:३२
५ चैत, जनकपुरधाम । प्राथमिक खरिद समितिको निर्णय झन्झटिलो भएकोले यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन ।
नेपाल सरकारले सो कार्यालयलाई यसवर्ष १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म ३० लाख १६ हजार १७४ मुल्य बराबरको ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरिद गरेको छ । संघीय सरकारले यसवर्ष सो कार्यालयलाई किसानहरुसँग सोना मन्सुली धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्न निर्देशन दिएको छ ।
कृषि ज्ञान केन्द्र धनुषाको प्रमुख शंकर साहको संयोजकत्वमा गठित समितिले धान खरिद गर्दा किसानहरुले जग्गा धनिको लालपुर्जा र बैंकमा खाता खोलेको हुनुपर्ने नियम अनिवार्य लागु गरेपछि किसानहरुले झन्झटिलो प्रक्रियाको कारण खाद्य व्यवस्थालाई धान नबेची निजी व्यापारीलाई धान बेचेकाले यसपालि लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारि रामपुकार मण्डलले बताए ।
अघिल्लो आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको १६ हजार ६६८ क्वीन्टल धान खरिद भएको थियो । स्थानीय गल्ला व्यापारीले किसानहरुसँग उद्यारोमा धान खरिद गर्दा किसानहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडलाई धान बेच्दा नगदमा रकम आउने गरेको भएपनि यसवर्ष धान विक्रि गर्ने प्रक्रिया झन्झटिलो भएकोले अधिकाश किसानहरु मारमा परेका छन् । जबकि अरु जिल्लामा रहेको सो कार्यालयहरुले एउटा किसानसँग बढीमा ६५ क्वीन्टल सम्म धान खरिद गरेको देखिन्छ । यसवर्ष जिल्लामा १ लाख ७६ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार
दैलेख जिल्लाका विभिन्न डाँडा पाखाको दृश्य
पुष १४, २०८१ आइतबार