पश्चिम आकाशबाट भित्रियो नयाँ किसिमको मौसमी प्रणाली
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १८:२५:४३
५ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले राजधानी काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर देशका पहाडी भूभाग र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
“भर्खरै पनि पश्चिमबाट दिपायल, धनगढीको आकाश भएर नयाँ किसिमको मौसमी प्रणाली प्रवेश गरेको छ, त्यसले गर्दा मेघगर्जन, बदलीसहित वर्षा गराउने बादलको विकसित भएको छ र यो प्रणाली अपराह्नसम्म रहनेछ”, मौसमविद् झाले भने ।
अबका दुई÷तीन दिनसम्म देशका पहाडी भूभाग र तराईका केही स्थानमा बदली, मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाको विगत एक घन्टाको विवरणमा डडेलधुरामा तीन मिलिमिटर वर्षा मापन गरिएको छ । ताप्लेजुङ, जुम्लालगायत स्थानमा अहिले वर्षा भइरहेको छ । काठमाडौंमा अपराह्नतिर मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
स्थानीय वायुसँगै पश्चिमी वायु र स्थानीयरुपमा न्यूनचापीय प्रणालीको विकास भई वर्षा गराउने प्रणाली विकसित भइरहेकाले उक्त प्रणालीले बदली गराउने र मेघगर्जन, चट्याङसहित वर्षा गराउने मौसमविद् झाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
सभामुखद्वारा झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार