नेकपा एकीकृत समाजवादीले सोमबार मन्त्रीको टुंगो लगाउने
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १८:३१:१८
५ चैत्र, काठमार्डौ । नेकपा एकीकृत समाजवादी पार्टीले सोमबार बस्ने सचिवालय बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने भएको छ । उसले सरकारमा सहभागि हुँदा कुन मन्त्रालय लिने भन्ने तय नभएपनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन सचिवालय बैठक बोलाएकोछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेसँगै नेकपा एसले पनि आफ्नो दलबाट सरकारमा सहभागी हुनेहरुको नाम टुँगो लगाउन बैठक बोलाएको हो । नेकपा एसले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने दुई मन्त्रालय र एक राज्यमन्त्री मात्रै दिन बताएका छन् । यसमा पनि गृह मन्त्रालयमा उसको दावी छ । छ । नेकपा एसका १० जना सांसद छन् ।
अध्यक्ष नेपालबाहेक सबै सांसद मन्त्री बन्ने दौडमा छन् । तर, यसपटक नेपालले राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एक जनालाई नेतृत्व गरेर सरकारमा पठाउने तयारी गरेका छन् । पाण्डेले पनि यसअघि नै आफ्नो दलले एक नम्बरको मन्त्रालय पाउने दावी गर्दै आएका छन् । एकीकृत समाजवादीबाट प्रेम आले, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढालगायत मन्त्री बन्ने दौडमा छन् । अध्यक्ष नेपालले भोलिको सचिवालय बैठकमार्फत मन्त्री बन्नेहरुको नाम तय गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार