कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकपको उपाधि वीरगन्ज युनाईटेड क्लबले उचाल्यो
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १८:४९:७
५ चैत, बीरगन्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधी बीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । परवानीपुर खेल मैदानमा भएको फाईनल प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै बीरगन्ज युनाईटेड क्लब बीरगन्जले उपाधि उचालेको हो ।
प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ०–५ गोल अन्तरले पराजित गर्दै बीरगन्ज युनाईटेड क्लब बीरगन्जले उपाधि उचालेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए । प्रतियोगितामा विजेता बीरगन्ज युनाईटड क्लब वीरगन्जले १ लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको थियो । विजेतालाई प्रदेश सभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए ।
भने उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे । खेलको म्यान अफ दि म्याच बीरगन्ज युनाईटड क्लब बीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए ।
प्रतियोगीतामा बीरगन्ज युनाईटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर , दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाएका हुन । यस्तै जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी राकेश यादवले बेस्ट फरवार्ड खेलाडीको पुरस्कार पाएका थिए ।
जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए । यस्तै वीरगन्ज युनाईटेड क्लब बीरगन्जका वेस्ट कोचको पुरस्कार मुना चौचारीले पाए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
झापाका हर्कराज राई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार