प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एसको निर्णय, महासचिवमा भुसाल मनोनित
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २०:२०:२०
५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको हो । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सरकारमा जाने पनि निर्णय भएको छ ।
आजको बैठकले नेता घनश्याम भुसाललाई पार्टीको महासचिवमा मनोनीत गरी महासचिव वेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । बैठकले चार उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई सचिवालय सदस्य मनोनीत गरेको उनले बताए । आमनिर्वाचनअघि एमाले छाडेका भुसाल गत फागुनमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र धर्मनाथप्रसाद साहलाई सचिवालय सदस्यमा मनोनीत गरिएको छ । यसअघि सचिवालयमा १२ सदस्य रहेका थिए । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्ने विश्वासको पक्षमा मत दिने र सत्तामा पक्षमा बस्ने निर्णय सो पार्टीले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार