सभामुखको अभिव्यत्ति र व्यवहारप्रति प्रतिनिधिसभामा उठ्यो प्रश्न
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २१:१८:२३
५ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र बैठकमा देखाएको भुदभावपूर्ण व्यवहारप्रति सांसदहरुले प्रश्न उठाएका छन् । सभामुख घिमिरेले पत्रकार बिक्रीमा छन भन्दै दिएको अभिव्यक्ति र बैठकभित्र ठूला र साना दलका सांसदप्रति गरिएको व्यवहारलाई लिएर उनीमाथि प्रश्न उठेको हो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखका अभिव्यक्तिलाई लिएर प्रश्न यसलाईसच्याउनु पर्ने वा प्रमाणित गर्नु पर्ने माग राखेका छन् ।
सभामुख घिमिरेले पत्रकारहरुमाथि लगाएको गम्भीर आरोपबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रम सुवालले पनि संसद बैठकमा मा प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकार र पत्रकारिताबारे अभिव्यक्ति दिंदा त्यसले प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन भनी प्रश्न गरे ।
उनले भने, ‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिंदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै ध्यानाकर्षण गरे ।
उनले भने, ‘पत्रकारहरुकोबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनु पर्यो । कुन–कुन हो पित पत्रककारिता गर्ने ? । यो सार्वजनिक महत्वको विषय हुन्छ सभामुखबाट उठेको विषय हो ।’ सभामुखको अभिव्यक्तिलाई लिएर संसदले छानबिन समिति बनाउनुपर्ने सांसद सुवालको आग्रह छ ।
चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका थिए । यसअघिको एक कार्यत्रममा पनि उनले महिलाहरुलार्य पत्रकारले महत्व नदिएको बताएका थिए । महासंघका प्रतिनिधिसँगको भेटमा उनले भनेका थिए, ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन् । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा प्रतिनिधिहरुकै अगाडि सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका थिए, ‘पत्रकारहरु बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले रोकिराख्नु पर्दैन ।’ तर, उनको यो गम्भीर आरोपलाई लिएर सरोकारवालाहरुले आपत्ति जनाउँदै आएका छन् । नेमकिपाका सांसद प्रेम सुवालले प्रतिनिधिसभा बैठकलाई ‘संसद हो कि क्लब’ भनी प्रश्न पनि गरेका छन् ।
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’को विरोधको सूचना फिर्ता लिने कि नलिने भन्ने चरणको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले आफनो विरोधको सूचना फिर्ता लिने कि नलिने भनी निर्णय सुनाउन सांसद सुवाललाई समय दिएका थिए । तर, सुवालले किसानले मल नपाएको लगायत जनजीविकाको विषय उठाए । त्यसपछि सभामुख घिमिरेले विषयमा केन्द्रित हुन आग्रह गरे ।
जवाफमा सांसद सुवालले भने, ‘जनताको प्रतिनिधि हो । जनताको कुरा सुनिँदैन भने संसदबाट प्रधानमन्त्री चुन्नुको अर्थ हुँदैन । किसानले मल पाइराखेका छैनन् । बोलिरहँदा सभामुखले क्रस गर्न पाइँदैन । यो के हो यो ? संसद हो कि क्लब हो । क्लब भए क्लबको सामान ल्याउनुपर्याे, गित गाउनुपर्याे, नाच्ने गाउने आउनुपर्यो । होइन भने संसदको नियम पालना हुनुपर्याे । ठूला दलका सांसद लाई धेरै र साना दलका सांसदलाई थोरै समय दिने नियमा नियमावलीमा छैन । यस्तो भेदभावपूर्ण व्यवहार देखाउन पाइदैन । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार