भारतमा सिख पृथकतावादीको खोजी तीव्र, अठहत्तर जना पक्राउ
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २३:२:११
५ चैत, एजेन्सी । भारतमा सिख मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गरेका एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ ।
मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् तर छुट्टै राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् ।
गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो ।
पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् ।
सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् । विशेष गरी अशान्त उत्तरी क्षेत्र काश्मिरमा बारम्बार इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार