मलावीमा चक्रवात फ्रेडीबाट चार सय सतचालिसको मृत्यु
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २३:७:३६
५ चैत, एजेन्सी । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट चार सय ४७ जनाको मृत्यु भएको छभने तीन लाख ६२ हजार नौ सय २८ जना विस्थापित भएका छन् । आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् ।
मालवीको विपद् व्यवस्थापन विभागका अनुसार चक्रवातमा परी नौ सय १८ जना घाइते भएका छन्भने दुई सय ८२ जना हराइरहेका छन् । देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पु¥याइएको छ ।
चक्रवातबाट अधिक प्रभावित जोम्बा र माचिन्गाको भ्रमणपछि शनिबार साँझ टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै मलावीका राष्ट्रपति लाजरस चकवेराले पीडितहरूलाई सघाउन आफूले आग्रह गरेपछि केही विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था, कम्पनी र व्यक्तिले सक्दो सहयोग गरेका बताए । साथै उनले सबै दाताप्रति आभार पनि व्यक्त गरे । चक्रवात प्रभावित क्षेत्रको अवस्था भयावह रहेको उल्लेख गर्दै उनले थप सहायताका निम्ति अपिल पनि गरे ।
चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै रक्षा मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ ।
यसैबीच, मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा विमान दुर्घटनाः दुई जनाबाहेक सबैको यात्रुको मृत्यु
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा विमान दुर्घटनाः दुई जनाबाहेक सबैको यात्रुको मृत्यु
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार