वित्तीय समस्याबारे छलफल गर्न बृहत समीक्षा बैंक आह्वान गरिने
नेपालबहस संवाददाता
चैत ५, २०७९ सोमबार १:५:५१
५ चैत, काठमाडौं । सरकारले बैंक, लभुवित्त र सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान र दिर्घकालिन निदानका लागि सम्बन्धित पक्षका प्रतिनिधिसहित विज्ञहरुलाई राखेर बृहत समीक्षा बैठक बोलाउने भएको छ । यसको तयारी गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई जानकारी दिन पनि निर्देशन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो बैठक बलाउन लागिएको जानकारी दिएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई समेत प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेको तर, अहिले सबैतिरबाट बिरोध मात्र आइरहेकाले सरकारले यसकोखास कारण पहिचान गर्न चाहेको बताए ।
उनले ग्रामीण वस्तीमा सहज र सरल कर्जा प्रवाह गर्दै आएका लघुवित्त र सहकारीप्रति पछिल्ल्लो समय जनताले जतातैबाछ कैयौं प्रश्नहरू उरिहेको बताए । प्रचण्डदे सहकारीहरूमा पनि समस्या देखिएका भन्दै यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी भएको बताए ।
बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रति समीक्षा आवश्यक रहेको र त्यसबाट समस्या पहिचान गरी समाधान गर्ने उनले बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । उनलेले भने,‘सबैतिबाट प्रश्न अआएपछि यसको समाधानको उपाय पनि खाज्नुपर्छ । लघुवित्त र सहकारीका समसया के हुन । जनताले किन प्रश्न उठाइरहेका छन भन्ने विषयमा अब सरकार चुप लागे बस्न मिल्दैन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार