राहदानी दुरुपयोगमा रविलाई प्रकृया पूरा गरेर सफाई दिने तयारी
नेपालबहस संवाददाता
चैत ५, २०७९ सोमबार ३:३१:८
५ चैत, काठमाडौ । नागरिकता प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा सरकारले सफाई दिने प्रकृया शुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानलाई आधार मानेर सरकारी वकिलको कार्यालयले सफाईको प्रकृया शुरु गरेको हो । पहिलो चरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गर्दै त्यसको अनुमोदन (सदर) का लागि उच्च सरकारी वकिलको कार्यालयमा पठाउने भएको छ ।
‘प्राप्त प्रमाणले उहाँ विरुद्ध मुद्धा चलाउनुपर्ने कारण देखेनौं प्रहरीबाट अनुसन्धान भै आएकोमा आवश्यक प्रमाण नभेटिएकाले माथिल्लो कार्यालयमा लेखी पठाउने निर्णय गरेका हौ’, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेपालबहससँग बताए । उनका अनुसार लामिछानेले राहदानी दुरुपयोग गरेको आवश्यक प्रमाण नपुगेकाले सो निर्णय गर्नुपरेको हो । सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय ललितपुर पठाउने निर्णय गरेको छ । उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाएर त्यहाँबाट सदर भएपछि उनले सो प्रकरणमा सफाई पाउनेछन् ।
प्रहरीको अनुसन्धान मात्रै भएकाले अरु कसैले दुरुपयोग गरेको प्रमाणसहित मुद्धा दायर गरेमा अदालत जाने ढोका भने बन्द भएको छैन । ‘अदालत जाने जो कोहीको पनि ढोका बन्द भएको छैन, प्रहरीको अनुसन्धानबाट आएको आधारमा मात्रै यो निर्णय गरिएको हो’, सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख न्यौपानेले भने । उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने लागेमा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने छ । महान्यायधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्ने छ । ‘ सरकार र प्रहरीकाे सेटिङमै प्रतिवेदन गएकाले यो प्रकरणलाई त्यतिकै थाती राख्ने संभावना रहेको छ, तर जो कोही अदालत गएमा यो प्रकरण फेरी व्यूतनेछ’, सरकारी वकिल कार्यालयकै एक अधिकारीले भने ।
विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो । त्यसकै आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको थियो । सर्वोच्च आदलतले नागरिकता सम्बन्धी फैसला गर्दा राहदानी प्रकरणमा अनुसन्धान गर्न सक्ने वा छुट्टै मुद्धा चलाउनसक्ने संभावना सहितको आदेश दिएको थियो ।
नागरिकता प्रकरणमा गृह तथा उपप्रधानमन्त्री सहित सांसद पद गुमेपछि उनको पार्टी नै सरकारबाट बाहिरिएको थियो । उनको सांसद पद गुमेपछि चितवन क्षेत्र २मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । रवि लामिछाने अहिले उपनिर्वाचनको तयारीमा जुटेका छन् । राहदानी दुरुपयोगमा छानविन चलिरहेका बेला उनी सत्ता निकट दलहरुको नजिक हुन थालेका छन् । सोही प्रकरणमा उनलाई सफाई दिन प्रधानमन्त्रीकै फोन गएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार