अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार १३:३९:४६
६ चैत, काठमाडौं । अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो ।
स्वयंसेवक शिक्षक नियुक्तिको विषयलाई लिएर अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत देवकी रावतबीच विवाद भएको थियो । यसअघि पनि उक्त पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले पनि स्वंयसेवक शिक्षकलाई समानीकरण अनुदानबाट खर्च गर्न नसकिने भन्दै पालिकाको १२औँ गाउँसभाबाट पारित भएको निर्णयअनुसार काम गर्न नसकिने बताए ।
जुम्ला तथा छिमेकी जिल्लाको अभ्यास हेरेर शिक्षक अभाव हल गर्न र विद्यालयको शैक्षिक सुदृढीकरण ‘स्वयंसेवक शिक्षक’ शीर्षकमा रु ४५ लाख र कम्प्युटर शिक्षक व्यवस्थापनमा रु आठ लाख ६० हजार विनियोजन गरेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।
उनले पालिकाको शैक्षिक अवस्थालाई हेरेर काम सघाउन प्रमुख प्रशासकीय अधिकृत रावतलाई दबाब दिँदै आए । प्रमुख प्रशासकीय अधिकृत रावतले पालिकाको आन्तरिक स्रोतले नभ्याउने र माथिबाट आएको बजेटबाट स्वयंसेवक शिक्षक भर्ना गर्न नमिल्ने प्रतिक्रिया दिएपछि अध्यक्ष बुढा र रावतबीच विवाद उत्पन्न भएको थियो ।
“यसअघिका प्रमुख प्रशासकीय अधिकृत खत्रीले स्थानीय कार्यविधिअनुसार काम गर्न नमान्दा विवाद भयो । उहाँ सरुवा भएर जानुभयो”, अध्यक्ष बुढाले भने, “त्यसपछि आएकी प्रमुख प्रशासकीय अधिकृत रावतले पनि स्वयंसेवक शिक्षक भर्ना गर्न मिल्दैनभन्दा काम गर्न समस्या भयो ।”
अध्यक्ष बुढाले प्रशासकीय अधिकृतलाई स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया अगाडि बढ्ने गरी काम गर्न र यदि त्यसो गर्न नसकिने अवस्था भए विद्यालयलाई त्यो रकम अनुदान दिन दबाब दिएका थिए । अधिकृत रावतले अध्यक्षले भनेबमोजिम काम हुन नसक्ने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको रायअनुसार काम गर्ने अडान राखेका थिए ।
मन्त्रालयले यही फागुन २८ गते पठाएको पत्रअनुसार स्वीकृत दरबन्दीबाहेकका स्वयंसेवक शिक्षकको तलब भत्ता चालु प्रकृतिको प्रशासनिक खर्चअन्तर्गत पर्ने देखिएकाले उक्त खर्च सङ्घीय सरकारले बेहोर्न नमिल्ने स्पष्ट जानकारी दिएपछि अब भने उक्त गाउँपालिकाको स्वयंसेवक शिक्षक भर्ना कार्य रोक्ने भएको गाउँपालिकाका प्रवक्ता अर्जुन महताराले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार