जंगबहादुर शैलीका प्रचण्डलाई विश्वासको मत दिन सकिँदैनः ओली
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार १९:१६:३६
६ चैत, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपीशर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगबहादुरको संज्ञापनि दिएका छन् । प्रधानमन्त्री प्रचण्डको जंगबहादुर शीलीका कारण अविश्वासनीय व्यवहारबाटै आजको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई जंगबहादुरको संज्ञा दिँदै लेफ्टहरू मिल्नु हुन्न भनेर उनले अरुलाई सिकाइ रहको आरोप पनि लगाएका छन् । ओलीले भने, ‘उहाँ जुनको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक अरूमा केही दोष छैन । प्रधानमन्त्री जंगबहादुर शैलीमा हुनुहुन्छ, उहाँले जे भन्यो त्यही हुन्छ । बोल्न पनि दिनु हुन्न । बोलेझैँ गरे त्यसको पत्ता साफ हुन्छ ।’
आफूले प्रधानमन्त्री बनाएको भोलिपल्टैदेखि प्रचण्डले इमान छाडेको आरोप पनि उनले लगाए । चुनावी तालमेलको सरकार बनाउन नचाहेको र वामपन्थी सरकार ढालेर दक्षिणपन्थीसँग गला जोडेको उनको आरोप छ । प्रधानमन्त्री हुनुथ्यो । प्रधानमन्त्री भएको भोलिबाट इमान छाड्नुभयो । बेइमानी सुरु गर्नुभयो, ओलीले भने । उनले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी गरे । प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको उनको आरोप छ ।
उनले भने, ‘अरूसँग मिलेको भन्ने आरोप लाग्छ । एकता गर्नु हुन्न । कदम कदाचित एकता भयो भने पनि तोड्ने उद्योगमा लाग्नुहुन्छ । तोडेर जानुहुन्छ । चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन ।’ प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप ओलीको छ । वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाउन प्रचण्डको अहंम भूमिकार रहेको उनले बताए । उनले भने, ‘हाम्रो पहलमा वामपन्थी सरकार उहाँकै नेतृत्वमा बनायौँ तर, प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन । अब उहाँलाई कसरी विश्वासको मत दिने ? ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार