संसदमा पेस भएको टीआरसी विधेयकमा संशोधन हाल्न ओलीको निर्देशन
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार १९:३०:१
६ चैत, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा सरकारले पेस गरेको संत्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोभधन प्रस्ताव दर्ता गराउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी संसद्मा प्रस्तुत गरिएको विधेयकमा संशोधनको तयारी गर्न सांसदहरुलाई निर्देशन नै दिएका छन् । नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कुन कुन बुँदामा कसरी तयारी गरेर संशोधन प्रस्ताव दर्ता गराउन निर्देशन दिएका छन् ।
प्रमुख सचेतकलाई निर्देशन दिँदै ओलीले भने, ‘संसदमा टीआरसीसम्बन्धी विधेयक आएको छ । कुन कुन विषयमा संशोधन गर्ने भनेर बुँदाबुँदामै बताइन्छ । त्यसलाई कमरेडहरूले टिपेर त्यसअनुसार बहस गर्न तयारी गर्नुहोला । विभिन्न विधेयकहरू आउँदै छन् । त्यसमध्ये विधेयकमा समग्रमा होइन‚ सच्याउनुपर्ने ठाउँ धेरै हुन्छन् । त्यस्तो विधेयकलाई पूर्ण रुपमा देश, जनता, लोकतन्त्र, विकास, स्वच्छता र पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणको पक्षमा बनाउन चाहन्छौं । त्यसका लागि संशोधन पनि हाल्नुपर्ने हुन्छ ।’
ओलीले यदि त्यो मानिएन भने आवश्यकताअनुसार विरोधको स्तर के हुन्छ त्यो गर्ने बताए । सरकारले बेपत्ता नागरिक छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक आइतबार संसद्मा टेबुल गरेको छ । सो विधेयकमाथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइएको छ । एमालेले विधेयकलाई सम्बन्धित समितिमा पठाउन माग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार