ओलीबाट विगतका गल्तीहरु दोहोरिने संकेत पाएपछि समीकरण फेरिएको होः प्रचण्ड
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार १९:५६:३७
६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा भएका गल्ती दोहार्याउने र समझदारीहरुको पालना नगर्ने संकेत दिएपछि राजनीतिक समीकरण परिवर्तन भएको बताएका छन् । उनले निर्वाचित प्रतिनिधिसभाको बैठकमा विगतको संसद विघटनको पक्षपोषण सत्तारुढ दलका प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भएपछि चुनौती आउने भएकाले नयाँ समीकरण बनाउनुपरेको दावी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले यसअघि पुस २६ मा विश्वासको मत दिने क्रममा ओलीले आफ्नो कार्यकालमा विगतको दूई पटकको संसद विघटनको पक्षपोषण गरेको तर्फ संकेत गर्दै यस्तो बताएका छन् । प्रचण्डले सोमबार विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्दै विगतका कुरा नउठाउने समझदारी ओलीबाट पालना नभएको र आफूलाई चुनौती आएको बताए ।
उनले भने, ‘संसदमा पहिलो दिन नै संसद विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरंगित पनि बन्यो । त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक नै थियो । देशमा ठूलो राजनीतिक र संवैधानिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय थिएन । दुई पटक सर्वोच्च अदालतले असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भएको अप्रिय विषयको उठानले गठबन्धनमा अविश्वास मात्रै बढाएन लोकतन्त्र र संसद्को स्थायित्वमै प्रश्न चिह्न खडा गर्यो ।’
प्रधानमन्त्री प्रचण्डले लगभग सिंगो संसद्को विश्वास पाएको प्रधानमन्त्रीलाई त्यै संसद विघटनको खुला पक्षपोषणले ठूलो संवैधानिक, राजनीतिक र नैतिक चुनौती दिएको बताए । प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दलविशेषको सरोकारको विषयमात्र नभएको बताए । उनले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको पनि बताए । उनले अन्तर्राष्ट्रिय मानवीय कानुन, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतको आदेशको आधारमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पेश गरेको पनि बताए ।
उनले भने, ‘यो कुनै दल विशेषको मुद्दा सरोकारको मुद्दा होइन । देशले समाधान गर्ने राष्ट्रिय मुद्दा हो । यसललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । पुस १० मा एमालेसँग गठबन्धन गरेर न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने समझदारी भएकोमा त्यो पालना नभएको प्रचण्डको भनाइ थियो । उनले विगतका विवाद नउठाउने समझदारी भएको तर त्यो पनि पालना नभएको बताए । ’गठबन्धनका घटकबीच वैचारिक, राजनीतिमा मतभेद थिए । तर‚ हामीले न्यूनतम साझा कार्यक्रम बनाएर सहमतिको आधार तयार गरेका थियौं र विगतका मतभेदहरूलाई नउठाउने समझादरी गरेका थियौं । म त्यो प्रतिबद्धतामा कायम रहे तर केही पक्षबाट त्यसको पालना भएन,’ उनले भने ।
प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरौं भन्दा एमाले अध्यक्ष ओलीले नमानेको पनि बताए । विगतमा राष्ट्रपति संस्था विवादस्पद भएपछि राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने प्रस्ताव आफूले राखेको दाहालको भनाइ थियो । सरकारमा रहेका बेला मन्त्रीहरूसँग कुनै विवाद नभएको भन्दै किन विश्वासको मत फिर्ता लिएको भन्ने समीक्षा गर्न एमाले र राप्रपालाई प्रधानमन्त्री प्रचण्डले सुझाव दिए । ’फेरि विश्वासको मतका लागि यतिछिट्टै संसद्सँग प्रस्ताव गर्ने अवस्था आउला भन्ने मैले सोचेकै थिइनँ । राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार गठन गरेका थियौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार