मुना पलाएपछि चियाको पहिलो टिपाइ सुरु, महँगो मूल्यमा बिक्री हुने
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २०:२६:४८
६ चैत, मङ्गलबारे । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो ।
चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ ।
जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भए पनि माथिल्लो र उच्च क्षेत्रमा भर्खरै मुना पलाउन सुरु भएको छ । इलाममा हरियोपत्तीको टिपाइ अर्थात् फस्ट प्लग चैत लागेसँगै सुरु हुन्छ ।
इलामलगायत पूर्वका ११ हजार पाँच सय ६९ हेक्टरमा चिया खेती भइरहेको छ । कुल १४ हजार आठ सय ९८ साना किसान चिया खेतीमा सङ्लग्न छन् । हाल यस क्षेत्रमा एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख केजी अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार