लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २०:३०:२६
६ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो ।
विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा रू ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व सङ्कलन गरेको हो । कार्यालयले चालु आवमा रू ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।
फागुनमा मात्रै रू दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै सङ्कलन भएको कार्यालयको भनाइ छ । फागुनमा सङ्कलन भएको राजस्व लक्ष्य ६३ दशमलव २३ प्रतिशत
समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले रू पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ । साथै पैठारी ९विदेशी वस्तुको आयात० शीर्षकमा रू चार अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा रू एक अर्ब १९ करोड २५ लाख ५७ हजार सङ्कलन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व सङ्कलनमा कमी आएको बताए । उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार