एमालेविना राष्ट्रिय सहमति सम्भव छैनः उपाध्यक्ष पौडेल
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २०:३४:४
६ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले बाहेकको राष्ट्रिय सहमति हुननसक्ने बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पौडेलले राष्ट्रका साझा चुनौतीको सामना गर्न र अभिभाराहरु पूरा गर्न सिंगो देश र संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने बताए । तर त्यसका लागि सहमति उन्मुख गतिविधि गर्नुपर्ने भन्दै उनले भने, ‘सहयात्रीलाई घोक्राएर निकाल्ने, अनि सहमतिको कुरा गर्ने मेल खाने विषय होइन ।’
एमाले उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई कस्तो राष्ट्रिय सहमति खोजेको भनेर प्रश्न गरे । प्रधानमन्त्री बन्न समर्थन लिने र बनेको भोलिपल्ट शत्रुताको सम्बन्ध राख्दै एमालेलाई एक्ल्याउने प्रयास भएको उनले बताए । संसदको सिट संख्याका हिसाबले दोस्रो र जनमतको हिसाबले एमाले पहिलो दल भएको भन्दै उपाध्यक्ष पौडेलले भने, ‘एमाले विनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, एमालेविना राष्ट्रिय सहमति सम्भव छ कि छैन ?’
प्रधानमन्त्रीले खोजेको सहमतिले दलहरुका बीचमा विभाजन निम्त्याउने र मुलुकलाई अनिश्चित अस्थिरतातिर डोहो¥याउने भन्दै उनले यस्तो शब्दजालमा मुलुक फस्न नहुने बताए । प्रचण्डलाई विष्णु पौडेलको प्रश्न ः पुस १० गते त्यो सहयात्राका लागि किन सहमत हुनुभयो ? पौडेलले प्रधामन्त्री प्रचण्डलाई विश्वासको मत दिने आधार र कारण नदेखिएको बताएका छन् ।
उनले भने, ‘जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । उहाँलाई विश्वासको मत दिन कुनै आधार र कारण देखिएन । एमालेले मात्र होइन् सिंगो सदन विपक्षमा दृढतापूर्वक उभियोस् ।’ पौडेलले चुनावी नतिजापछि आफूहरू प्रतिपक्षको भूमिकामा रहने तयारीमा रहेको बताए । तर, तत्कालिन गठबन्धनले सरकार दिन नसकेपछि प्रचण्डले एमालेसहितका दलसँग समर्थन मागेपछि ससर्त समर्थन दिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार