यो गठबन्धन पाँच वर्षसम्म टिकाएर लानुपर्छः माधव नेपाल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २२:१४:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-5_OeY0mnGwAh.gif)
६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धनलाई अबको पाँच वर्ष जोगाएर लान आवश्यक भएको बताएका छन् । उनले आगामी वैशाख दोस्रो हप्ता प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन नदिनका लागि पनि गठबन्धनलाई कायम राखनुपर्ने बताए । प्रतनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सोमबार राखेको विस्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेपालले गठबन्धनले मुलुलाई राजनीतिक स्थिरता दिनुपर्ने बताए ।
उनले भने, ’वैशाखको अर्को हप्तामा फेरि विश्वासको मत लिनुपर्ने अवस्था त आउन हुदैन । यो आशंका गर्नु अस्वाभाविक ठान्दिनँ । तर त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ, देशलाई राजनीतिक स्थायित्व दिन्छ ।’ वर्तमान सत्तारुढ गठबन्धनले मुलुकका सामू देखा परेका चुनौतीको सामना गर्न एकताबद्ध हुने बताए ।
प्रधानमन्त्री प्रचण्ड तीन महिनाभित्रै दोस्रोपटक विश्वासको मतका लागि संसदमा आउने कुराको आकलन सरकार गठनसँगै भएको नेपालले बताए । उनले भने, ’यो परिवेश उत्पन्न हुने कुराको त सम्भवतः पहिलो, दोस्रो दिनमा नै आकलन गरिएको थियो । यो अवस्था आउँछ भन्ने कुराको आकलन गरिएको थियो । किनभने राजनीतिको नाडी हामी पनि छाम्दै हिँडिरहेका छौं, छामेर नै यहाँसम्म आइपुगेका छौं ।’
राजनीतिक दलहरूले गठबन्धन भत्किनुका पछाडिका कारणबारे समीक्षा गर्न पनि नेपालले सुझाव दिएका छन् । उनले अरुलाई दोषारोपण गर्नुभन्दा पहिले किन कसैले आफूसँग सहकार्य गरिरहेको छैन र कसैसँग गरेका सहकार्य पनि टिकाउ भइरहेका छैनन् भन्नेबारे सोच्न आग्रह गरे । ’आफूमा के कमीकमजोरी रहेको भन्ने खोजी छैन, सुधार्ने होइन । अरुलाई दोषारोपण गर्ने कुरामा केन्द्रित रहने गरेको छ । यो प्रवृतिलाई कायम राख्ने हो भने राजनीति कहिले पनि सही दिशामा जान सक्दैन । किन अरुसँग सहकार्य हुन सकिरहेको छैन ? किन सहकार्य टिकाउ भइरहेको छैन ? यो टिकाउ हुनुको दोषी अरु हुन् कि आफै दोषी हौं ? यो सन्दर्भमा सबै दल नेताहरूको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने ।
प्रचण्ड प्रधानमन्त्री बन्ने बेला बनेको एमाले र माओवादी लगायत दलहरूको गठबन्धन किन टिकेन भन्ने कुराको अध्ययन हुनुपर्ने भन्दै नेपालले व्यंग पनि गरेका छन् । एमालेलाई सत्तारुढ गठबन्धनबाट निकालिएको हो कि निक्लिन बाध्य पारिएको हो भन्ने कुराको अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो । ’गठबन्धनको प्रमुख घटकलाई घोक्र्याएर निकालियो भन्ने अभिव्यक्ति पनि सुनियो । घोक्र्याएरै निकाल्ने काम किन गरियो ? त्यसको जवाफ हामी पक्कै पनि थाहा पाउनेछौं ।’
उनले घोक्र्याएरै निकालियो भन्ने पनि सुनिएको र अर्कोतर्फ आफैं निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि सुसनएको बताए । उनले भने, ‘म आफै अलमलमा परेँ । त्यसपछि मैले सोचे हाम्रो देशको कुनै विश्वविद्यालयमा विद्यावारिधी गर्ने विद्यार्थीलाई खोज र अनुसन्धान गर्ने जिम्मा दिनुपर्छ कि ! के कति कारणले गर्दाखेरि त्यतिखेर कायम भएको गठबन्धन टुट्यो ? के कारणले गर्दा नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो ? यसका पछाडि के–के कारणले काम गरेको छ ? यो खोज र अनुसन्धानको विषय त बन्छ ।’ नेपालले अरुलाई दोष दिनुभन्दा पहिले आत्मसमीक्षा गर्नका लागि नेताहरूलाई सुझाव दिएका छन् । यससँगै अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई आफ्नो दलले विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार