हामीले राष्ट्रपतिमा सहमति गरेर जाने कुरागर्दा एमाले भाग्योः नेता पौडेल
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २२:३७:२८
६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रलेका नेता देवेन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिलगायतका पदमा राष्ट्रिय सहमति गरौं भन्दा एमाले भागेको आरोप लगाएका छन् । पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगाडि सारेको राष्ट्रिय सहमतिको प्रस्तावमा आउनुको सट्टा एमाले भागेको बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेलले संसदको ठूलो पार्टी कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गरौं भन्दा एमाले भागेको बताए ।
यनले भने,‘राष्ट्रपतिजस्तो देशको प्रमुख पद, उपराष्ट्रपति जस्तो प्रमुख पदमा सहमति गरौं भन्दा यहाँ प्रधानमन्त्री भाग्नु भएको होइन । एमालेका साथीहरू किन भाग्नु भएको हो ? एमाले पनि सहमतिमा आउनुपर्ने थियो । राम्रो हुन्थ्यो होला ! सहमतिको आधारमा राष्ट्रपति, उपराष्ट्रपति चुन्न पाएको भएदेखि देश हामी सबैले मिलेर अगाडि बढथ्यो होला । परिस्थिति फरक भएको हुँदाखेरी अहिले पनि सहमतिको आवश्यकता हो । जनताको जनमत यही छ । जनताको अभिमतको आधारमा सहमति खोज्ने कुरा गलत हुदैन ।’
संसद्मा सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई सँगै लिएर जाने प्रधानमन्त्रीको प्रस्ताव स्वाभाविक भए पनि एमालेले त्यसलाई लत्याएको पौडेलको भनाइ थियो । उनले संसद् विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरि आएपछि माओवादीले एमालेसँगको गठबन्धन छोडने अवस्था आएको पनि बताए । ’इतिहासको सम्मान गर्ने हो, रक्षा गर्ने हो राम्रो इतिहासको । गल्ती भएका कुरालाई सच्याएर अघि बढ्ने हो ।’
उनले संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई शक्ति सन्तुलनको सिद्धान्त अनुसार सन्तुलनमा राख्ने गरी अधिकार विनियोजन गरेको भन्दै विगतमा दुई पटक यो सम्मानित सदन विघटन भया, कसका कारणले विघटन भयो ? कहाँ लेखिएको छ, कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नु हुन्छ भन्दै प्रश्न गरेका थिए ।
वर्तमान प्रतिनिधिसभा विगतमा भएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सही ठह¥याउन गठन नभएको र गठबन्धन पनि त्यो निर्णयलाई सदर गर्न नभएको पौडेलको भनाइ थियो । सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरू मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार