महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय, तीन जना पक्राउ
नेपालबहस संवाददाता
चैत ७, २०७९ मंगलबार १७:२४:३९
विशाल बस्नेत
७ चैत, महोत्तरी । महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ। जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो।
जलेश्वर-२ स्थित रामप्रसाद चौधरीको घरमा अवैध सामान स्टोर गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा रहेका सूर्यनारायण साहको उक्त सामान सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सामान ओसारपसारमा सग्लन तीन जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सितामाढी बिहार घर भएका प्रभात कुमार, विभु कुमार र साजन कुमार महतो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी सरोज राइले जानकारी दिए।
उनीहरूलाई थप अनुसन्धानको लागी जिल्ला भन्सार कार्यालय मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आजै भन्सार छली गरेर ल्याएको ७६० केजी खैनी पनि बरामद गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
पुष १३, २०८१ शनिबार
देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
पर्यटकबाट महंगो रकम असुली, टुर्स एण्ड ट्राभल्सद्धारा राजस्व छली
पुष १३, २०८१ शनिबार
मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
पुष १३, २०८१ शनिबार