नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढ्यो
नेपालबहस संवाददाता
चैत ७, २०७९ मंगलबार १७:५७:१२
७ चैत, काठमाडौं । नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ। साथै आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो।
सो दिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख १० हजार रुपैयाँ पुग्यो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोलामा १ लाख ६१ हजार नाध्यो सुनको मूल्य
असोज ११, २०८१ शुक्रबार
बिहीबार पनि बढ्यो सुनको मूल्य, १ लाख ६० हजार ७ सयमा कारोबार
असोज १०, २०८१ बिहिबार
सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार
असोज ९, २०८१ बुधबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
दशैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
असोज १२, २०८१ शनिबार
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक भएपछि स्थानीयहरु त्रसित
असोज १२, २०८१ शनिबार
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार