‘धोकेबाज हौ तिमी’ गीतको विवाद गर्नुपर्ने कुनै आवश्यकता नभएको गायक शिव परियारको स्पष्टीकरण
नेपालबहस संवाददाता
चैत ७, २०७९ मंगलबार २२:८:५७
७ चैत, काठमाडौं । ‘धोकेबाज हौ तिमी’ नामक गीतका गायक शिव परियारले गीतबारे सामाजिक सञ्जाल मार्फत आफ्नो स्पष्टीकरण दिएका छन्। गायक परियारले सो गीतबारे आधिकारीक कुरा नबुझी बनिबनाउँ कन्ट्रोभर्सि निकालेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत बिज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका हुन्।
गायक परियारले सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै ‘धोकेबाज हौ तिमी’ गीतको विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको बताएका छन्। उनले गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन्।
उक्त गीतका आधिकारिक स्रष्टा र संगीतकार सुवास कार्की रहेको समेत उनले उल्लेख गरेका छन्। उनले गीतका निर्माता कार्कीले महिला, पुरुष र बालबालिका गरी ३ ओटाको स्वरमा गीत निकालेको र यो गीतमा स्वर दिने कुनै एक गायक गायिकाले यो गीत मेरो मात्रै हो भन्न नहुने लेखेका छन्।
पछिल्लो समय एलिना चौहानले गाएको उक्त गीतको फिमेल भर्सन व्यापक हिट भएपछि शिवले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै एक टीभीमा अन्तर्वार्तामा बताएका थिए। त्यसपछि उनी विवादमा तानिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
मुकुण्डो बनाएर बेच्न बसेका कलाकार तामाङ
पुष १, २०८१ सोमबार
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार