सिमित बचतबाट धनी बन्न गभर्नर अधिकारीले यसरी सुनाए कथा !
नेपालबहस संवाददाता
चैत ७, २०७९ मंगलबार २३:१७:११
७ चैत, काठमाडौं । विश्वव्यापी मुद्रा सप्ताहको शुभारम्भ कार्यक्रममा मुख्य अथिति बनेर पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामान्य बचतबाट एक व्यक्ति छोटो समयमा नै धनीको सूचीमा पुग्न सक्ने रमाइलो कथा सुनाएका छन् । उनको आसय थियो, नेपालीहरुमा भएको आम्दानीलाई बचाउनेभन्दा पनि खर्च धेरै गर्ने प्रवृति छ, जसले उनिहरुलाई धनीबन्नबाट रोकिरहेको छ । सुरुमा गभर्नर अधिकारीले आफ्नै कथा सुनाउँदै भने, ‘मैले २०५२ सालमा अनुसन्धन गर्न भनेर किनेको १० कित्ता शेयर अहिले लाखौँको सम्पती भएको छ । त्यो शेयर नकिनेर पैसा अन्यत्रै खर्चिएको भए आज त्यो सम्पतीका रुपमा रहने थिए ।
दैनिक १० रुपयाँ बचतले महिनामा ३ सय र वर्षमा ३६ सय बचत हुने भन्दै यहि बचत पछि गएर सम्पतीका रुपमा परिणत हुने बताए । व्यक्तिको बचत गर्ने बानीले केवल व्यक्तिलाई मात्र फाइदा नहुने उनले बताए । एउटा व्यक्तिको १० रुपैयाँ बचतले वर्षमा ३६ सय हुन्छ भने एक हजार व्यक्तिले यसरी बचत गरेको १० रुपैयाँबाट राष्ट्रिय पुँजी निमार्ण हुनसक्ने उनको भनाई थियो । व्यक्तिको बचतबाट नै बैंक तथा वित्तीय सस्थाहरु बलियो हुने र ठूला व्यवसायिक संस्थाहरुमा लगानी जान सक्ने उनले बताए । यसरी व्यक्तिमार्फत वित्तीय संस्थामा र वित्तीय संस्था मार्फत गएको लगानी उद्योग व्यवसायमा जाने भएकाले यसैबाट रोजगारी र पूर्वाधार निर्माण हुने उनले बताए ।
हाल नेपाली बैंक तथा वित्तीय संस्थामा बचत गरेरै भए पनि राम्रो आम्दानी गर्न सकिने अवसर नागरिकलाई उपलब्ध रहेको उनको भनाइ छ । तर, नागरिकहरुले नै बचत उदेश्यबारे जानकारी नपाएकाले पूर्ण समाज नै यस्ता राष्ट्रिय पुँजी निर्माणमा असफल भइरहेको अधिकारीको भनाई छ । हरेक व्यक्तिलाई बचतको उपयोगिताबारे जानकारी गराउन राज्यका तहबाट पहल हुनुपर्ने अधिकारीले बताए । नागरिकको बचत रकमबाटै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकाले राष्ट्रिय पुँजी निर्माणका लागि पनि बचत आवश्यक रहेको भन्दै अधिकारीले बचत गर्ने बानीको विकास गर्न आग्रह पनि गरे ।
गभर्नर अधिकारीले तुलनात्मक रुपमा विश्वका धेरै राष्ट्रको तुलनामा नेपालीमा खर्च गर्ने प्रवृति धेरै रहेको बताए ‘विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा बढी खर्च गर्ने प्रवृति छ,’ उनले भने, ‘त्यो प्रवृतिलाई निरुत्साहित गर्न पनि मुद्रालाई बचत गर्न जरुरी छ । बचतबाट नै आम्दानी पनि बढ्छ ।’ नागरिकसँग रहेको पैसा बैंकमा बचत नगरेर आफूसँगै राख्दा कम महत्वका क्षेत्रमा पनि खर्च हुने भएकाले त्यो नियन्त्रणका लागि पनि बचत गर्नुपर्ने उनको सुझाव छ । नेपाली बैंक तथा वित्तीय संस्थाले निक्षेप दोब्बर हुने बचत योजना ल्याएकाले पनि त्यसबाट भरपुर फाइदा लिन गभर्नर अधिकारीले नागरिकलाई सुझाव दिए ।
कहिलेकाही शेयरमा लगानी गरेर पनि राम्रो आम्दानी गर्न सकिने गभर्नर अधिकारीले बताए । विसं.२०५२ सालमा कुनै कम्पनीको वित्तीय अवस्था मूल्यांकन लागि खरिद गरिएको १० कित्ता सेयरको मूल्यांकन अहिले बढेर लाखौ पुगेको भन्दै उनले पुँजी निर्माणमा बचत र लगानीको ठूलो महत्वरहेको बताए । आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमबारदेखि ग्लोवल मनी विक–२०२३ नेपालमा पनि सुरु भएको छ ।
ग्लोवल मनी वैकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता गराइएको थियो । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामुलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् ।
यहि कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै गभर्नर अधिकारीले नेपालमा निक्षेपमा उच्च ब्याजदर भएपनि बचत न्यून भएको बताए । उनले अहिले फोर्सफूल रुपमा बचत गर्यो भने पनि त्यससले ८–१० वर्षमा डबल हुने अवस्था रहेको भनाइ राखे । नेपालमा बचत भन्दा पनि उपाभोग केन्द्रित रहेको र जसले कुल राष्ट्रिय बचत समेत न्यून रहेको बताउँदै भने, ‘नेपालमा निक्षेपको ब्याजदर राम्रो छ । फोर्सफूल गरेको बचत ५ देखि ८–१० वर्षमा दोब्बर हुने ब्याजदर छ । बचत अत्यन्तै जरुरी छ । बचत गरेनौ भने पनि उक्त रकम त्यतिकै खर्च भएर जान्छ । नेपाल समग्रमा कम बचत गर्ने मुलुकमा परेको छ । हामीले बढी उपाभोग गरिरहका छौं । कुल राष्ट्रिय बचतको अनुपात न्यून छ यसलाई बढाउनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
मंसिर ६, २०८१ बिहिबार
बैंकमा ऋण दिन मिल्ने रकम धेरै भयो, बजारबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार