गठबन्धनलाई मिलाएर सरकार अगाडी बढाउने काम कांग्रेसले गर्छः कोइराला
नेपालबहस संवाददाता
चैत ७, २०७९ बुधबार ०:२२:५४
७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले बनेको गठबन्धनलाई मिलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जनमुखि बनाएर अगाडी बढाउने काम कांग्रेसको भएकाले यो जिम्मेवारीलाई सफलतापूर्ण रुपमा सम्पन्न गर्ने बताएका छन् । मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।
उनले भने, ‘प्रचण्डजीको सरकार छ, १० वटा दल छ भनिन्छ । त्यो १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो । नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । यो सरकारलाई राम्ररी चलाएर, देखाएर अगाडि बढ्न सक्छौं भन्ने विश्वास पनि सबैले कांग्रेसका नेताह्रुमा छ ।’ नेता कोइरालाले आर्थिक रुपमा मुलुक कठिन अवस्थामा रहेको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस १–२ दिनभित्रै हामीहरु सरकारमा जाँदैछौं, अब नेपाली कांग्रेसलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ । कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु हुँदैन । यी सबै कुरालाई नेपाली कांग्रेसले अत्यन्तै गम्भीर किसिमले लिएको छ । र त्यसलाई अगाडि बढाउने जिम्मा अबको कांग्रेसबाट जो नेतृत्व लिएर जानुहुन्छ उहाँहरुले निर्वाह गर्नुहन्छ ।’
संक्रमणकालीन न्यायलाई पूर्णता दिँदा पीडितको न्यायलाई हेर्नुपर्ने उनले बताए । यो विषयमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गम्भीर रुपले हेरिरहेको र सर्वोच्च अदालतले पनि विगतमा आदेश दिएको भन्दै कोइरालाले यी सबै कुरा विचार गरेर संसदमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी ऐन अगाडि बढाउनुपर्ने बताए । कोइरालाले स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन नसक्ने बताए ।
‘नेपालमा नागरिक स्वतन्त्रतालाई संस्थागत गर्न गिरिजाप्रसाद कोइरालाको योगदान छ । अहिले पनि हामी नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा कटिबद्ध भएर उभिन्छौँ, नेपाली कांग्रेले यी दुवै कुरालाई आत्मसात् गरेको छ । प्रेस स्वतन्त्रताबिना जतिसुकै गफ गरे पनि लोकतन्त्र फस्टाउन सक्दैन । लोकतन्त्र नफष्टाए हामीले चाहेजस्तो समुन्नत नेपाल पनि बन्दैन,’ कोइरालाले भने ।
उनले नेपालमा अहिलेको सफलता प्राप्तिका लागि मिडियाको उल्लेख्य भूमिका रहेको समेत दाबी गरे । ‘लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण छ । कतै पनि कसैले पनि मिडियाको बारेमा केही भन्छ भने हाम्रो पनि कान ठाडो हुन्छ । किनभने मिडियाकै कारण ०६२÷०६३ को आन्दोलनदेखि अहिलेसम्मको सफलता हात परेको हो,’ उनले भने, ‘यदि कसैले मिडियाका विषयमा बोल्छ भने तपाईंहरू चिन्ता नलिनुस्, ती विषय हाम्रा हुन्, ती विषयमा चिन्ता गर्ने जिम्मा हामीलाई छोडिदिनुस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार