कांग्रेस नेता भण्डारीदेखि प्रथम उपराष्ट्रपति सम्मलाई आर्थिक सहयोग दिने सरकारको निर्णय
नेपालबहस संवाददाता
चैत ७, २०७९ बुधबार ०:५६:६
७ चैत, काठमाडौं । भारतमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलाई नेपाल सरकारले उपचार खर्च बापत आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषदका एक सदस्यले दिएको जानकारी दिए । उनले एमाले सरकारबाट बाहिरिनु अगाडीकै मन्त्रिपरिषदकोृ बैठकले यस्तो निर्णय गरेको हो । भण्डारीलाई ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ सहयोग दिने निर्णय भएको उनले बताए ।
ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ । सत्ता साझेदार कांग्रेसकै उपचार खर्चबारे चासो राखेपछि सरकारले नेता भण्डारीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । यस्तै प्रथम उपराष्ट्रपति परमानन्द झाका सवारी चालकलाई पारिश्रमिक भुक्तानीस्वरुप सरकारले २ लाख ७६ हजार पनि दिएको छ । मन्त्रिपरिषद्को गत असोज ७ गते निर्णय भए पनि फागुनमा मात्रै अर्थले भुक्तानी दिएको उनले बताए ।
सरकारले फागुनमा मात्रै विभिन्न व्यक्तिलाई ६४ लाख ८८ हजार रुपैयाँ आर्थिक सहायता दिइएको उनको दावी छ । भाषा आयोगका ५ जना कर्मचारीलाई तलबबापत ३९ लाख ८ हजार रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत विघटन भइसकेको नेपाल यातायात संस्थानको अवकाश पाएका एक सय १० जना कर्मचारीलाई ७१ लाख २ हजार रुपैयाँ र डिभिजन सडक कार्यालय काठमाडौँका तत्कालीन इन्जिनियर नरनाथ पौडेलको सुविधाका लागि २२ लाख ८६ हजार भुक्तान गर्न अर्थले बजेट निकासा गरिसकेको उनको भनाइ छ ।
मन्त्रालयले आफ्नो वेभसाईटमार्फत भुक्तानी विवरण पनि सार्वजनिक गरेको छ । जसमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका निलम्बन भएका ६ जना कर्मचारीको निलम्बन अवधिको आधा तलब र भत्ता रकम प्रदान बापत ६६ लाख ४ हजार, सहरी विकास तथा भवन निर्माणका निलम्बनमा परेका दुई कर्मचारी कोमानन्द अधिकारी र दीपा श्रेष्ठको निलम्बन अवधिको तलब भत्ता बापत ४२ लाख ४४ हजार रुपैयाँ समेत निकासा गरिएको विवरणमा उल्लेख छ ।
संविधान दिवसमा विभूषणका लागि तक्मा बाँड्न एक करोड २४ लाख, राष्ट्रपतिको कार्यालयको श्रव्य दृश्य सामाग्री निर्माणका लागि सात लाख रुपैयाँ दिने निर्णयअनुसार अर्थले सो रकम पनि निकासा गरेको छ । विविध शीर्षकबाट तलब भत्ता, भ्रमण लगायतका लागि अर्थले फागुनमा मात्रै ३७ करोड ४९ लाख रुपैयाँ निकासा गरेको उल्लेख छ । सरकारले मल अभाव भइरहेका बेला रासायनिक मल खरिदका लागि सात अर्ब ७५ करोड रुपैयाँको पनि सुनिश्चित गरेको विवरणमा देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार