खलिस्तानी हिंसामा उत्रेपछि भारतले ब्लक गर्यो क्यानेडली सांसदसहितको ट्विटर एकाउन्ट
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १६:१२:७
८ चैत, नयाँदिल्ली। भारतमा धेरै खालिस्तान समर्थकहरूको ट्विटर एकाउन्ट ब्लक गरिएको छ। यसरी टविटर एकाउन्ट ब्लक हुनेमा क्यानडाको न्यू डेमोक्र्याटिक पार्टीका सांसद जगमीत सिंह, क्यानडाकी कवयित्री रुपी कौर, स्वैच्छिक संस्था युनाइटेड सिख र क्यानडाका कार्यकर्ता गुरदीप सिंह सहोताको ट्विटर अकाउन्ट पनि ब्लक गरिएको छ ।
जगमीत सिंह भारत विरोधी टिप्पणीका लागि परिचित छन्। उनको टिप्पणीले विभिन्न देशमा यी खालिस्तान समर्थकहरुको आक्रमण बढेको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।
उता, खलिस्तान समर्थकहरूले आइतबार लन्डनस्थित भारतीय उच्चायोगमा तोडफोड गरेका थिए । लण्डनस्थित भारतीय उच्च आयोगमा खलिस्तान समर्थकले तोडफोड र भवनबाट भारतीय झण्डा हटाउने खोजेपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
लन्डन घटना पछि खालिस्तान समर्थकहरूले सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमासमेत हमला गरेका छन् । सोमबार अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासमा भएको आक्रमणप्रति भने भारतले कडा विरोध गरेको छ । अमेरिकी इन्चार्जलाई बोलाएर सम्पत्ति तोडफोडप्रति कडा आपत्ति जनाएको हो ।
अमेरिकी सरकारलाई कूटनीतिक प्रतिनिधित्वको संरक्षण र संरक्षण गर्ने आफ्नो मौलिक दायित्वको सम्झना गराइएको थियो, राज्य विभागले एक विज्ञप्तिमा जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार