व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १७:२४:२२
८ चैत, काठमाडौं । तपाईं हाम्रो जनजिब्रोमा झुण्डिइरहेका पर्ख पर्ख मायालु, पिरिम नलाउने, जुनको साथी तारा, रेवन चश्मा, लगायतका दर्जनौँ गीतका एरेन्जर हुन् नरेन्द्र वियोगी । प्युठानको गौमुखी गाउँपालिकाका वियोगीको सिंहदरबार पूर्वी गेट नजिकै रेकडिङ स्टुडियो छ । जहाँ उनी आफ्नो अधिकांश समय बिताउँछन् । बिहान ८ बजेदेखि राति १० बजेसम्म वियोगी आफ्नो वेभ स्टुडियोमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने धुनको खोजीमा नै हुन्छन् ।
पार्टनरसिपमा दुई वर्षदेखि स्टुडियो चलाइरहेका वियोगी आफूले एरेन्ज गरेका हरेक गीतमा मिक्सिङ र मास्टरिङको काम पनि आफैँ गर्छन् । अहिले उनलाई थाहा छैन आफूले एरेन्ज गरेका र मिक्सिङ र मास्टरिङ गरेका गीतहरू कति पुगे भन्ने एकीन संख्या । तर, करोड क्लबमा पुगेका करिब १० वटा गीतहरु उनी मुखाग्रै भन्न सक्छन् । मंगलम फिल्मको पर्ख पर्ख मायालु र दीपक शर्माको शब्द तथा संगीतमा तयार पिरिम नलाउने जस्ता कैँयौ रोमान्टिक गीतमा जोडिन पाउँदा उनी निकै खुशी छन् ।
वियोगीलाई यो संयोग लोकप्रिय गीतकार तथा संगीतकार शर्माले नै जुराइदिएका हुन् । संगीतकार शर्मा र एरेन्जर वियोगी दुवै प्रतिभावान र पर्दा पछाडीका हिरो जसरी अहोरात्र आफ्नो संगीतिक धुन भर्ने लगायतका काममा व्यस्त भइरहँदा पनि उनीहरूको दैनिक भेटघाट अनामनगरमा नै हुन्छ । कयौँ हिट गीतमा सहकार्य गरेका संगीतकार शर्मा र एरेन्जर वियोगी दुवैले सांगीतिक क्षेत्रको संघर्षपछिको अहिलेको सफलतामा खुशी छन् । करोड क्लबमा आफ्ना गीतहरु जोडीन पाउनु भनेको आँफैमा ठूलो सफलता भएको वियोगी बताउँछन् ।
वियोगीलाई एउटा गीत एरेन्ज गर्न एक दिन लाग्छ । तर, कहिलेकाहीँ दुईदेखि तीनदिनसम्म पनि लाग्न सक्ने उनी बताउँछन् । उनीसँग वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ कलाकार तथा गायक हरिवंश आचार्य, संगीतकारहरु राजु सिंह, राजनराज सिवाकोटी, वसन्त सापकोटा, गैरे सुरेश, दीपक शर्मा, वरिष्ठ गीतकर कृष्णहरि बराल, भिम बिस्ट, मानसराज, ध्रुव बिस्को, शंकर थापा स्माइल, डिपी खनाललगायतका कलाकर्मीसँग काम गरेको अनुभव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार