केन्टकीमा एनआरएन भेलासँगै मेम्बरसीप ड्राइभ अभियान सुरु
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १७:२२:३१
७ चैत, काठमाडौं । अमेरिकाको केन्टकीमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भेला कार्यक्रम सुरु भएको छ । यो भेलाले मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई अघि बढाएको छ ।
सो क्षेत्रमा रहेका सबै नेपालीलाई गैर आवासीय नेपाली संघमा अबद्ध गर्न यो भेला आयोजना गरिएको हो । ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले भेलासँगै सदस्यता वितरण अभियान चलाएका छन् । केन्टकीमा १९मा भएको भेलाबाट यो अभियान सुरु गरेका हुन् ।
सदस्यता खुल्ला गरेको तीन सातामा सो क्षेत्रका एक सय बीस जनाले मात्र आवेदन दिएको बताउदै संयोजक पराजुलीले आफु बस्दै आएको राज्य केन्टकीको लेक्जिन्टन शहरबाट बाट विषेश अभियान शुरु गरेको जानकारी गराए ।
मेम्बर सीप ड्राइभ कमिटीका चेयर पराजुलीले मातृभूमि नेपाललाई संगठनमार्फत एकजुट भएर योगदान गर्न संस्थाको सदस्य बन्न आबश्यक रहेको बताए । उनले विगतको भन्दा धेरै सदस्य बनाउने गरि लागिपरेको बताए । उनका अनुसार अमेरिका अहिले विश्वमा नै धेरै सदस्य रहेको एनसीसी हो । बीस हजार भन्दा बढी अहिले एनआरएनए अमेरिकाको सदस्य छन् । यो सदस्यता विस्तार कार्यक्रम लिएर उनी नेपालीहरु बसोबास गर्ने अरु शहरमा भ्रमण गर्दै छन् ।
कार्यक्रममा नेपाली जन सम्पर्क समिति केन्टकी च्याप्टर सभापति सुधीर ओझा, प्रवासी मञ्च नेपालका केन्टकी च्याप्टर सभापति टेकराज भट्टराईको सहभागिता रहेको थियो ।
त्यसैगरि स्थानीय समाजका अग्रज शेष नारायण तिवारी, एन्काका वरिष्ठ उपाध्यक्ष श्याम पराजुली , चर्चित कलाकार इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल, सुदूर पश्चिम समाज केन्टकीका सभापति उद्धव उप्रेती लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
एनआरएनए अमेरिकाले मार्च ६ तारिक देखि सदस्यता खुल्ला गरेको थियो । एनआरएनए अमेरिकाको सदस्यता लिन अनलाइनबाट मात्र सम्भव छ । सदस्यता लिने अन्तिम दिन मे महिना को १५ तारिख सम्म तोकिएको बताइएको छ ।
उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक पराजुलीले गैरआवासीयहरुको विश्वास भयो भने आफु भावी नेतृत्व लिन समेत पछि नपर्ने बताए । उनले भने, ‘सबैको साथ सहयोग भएमा आगामी नेतृत्वको दौडमा आफुलाई सामेल गरेर अघि बढ्नेछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार