भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १८:५८:१७
♦ हेमन्त केसी
८ चैत, सुर्खेत । भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ । क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडकखण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन् ।
सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्माण गर्ने गरि भएका बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दा सम्मा काम नै सुरु गरिएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, झुम्रेखोला र नलगाड नदीमा क्याराभान कन्स्ट्रक्सनले पुल निर्माण नगरेको हो ।
जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदिमो पुल समेत क्याराभान कन्स्ट्रक्सनलले लिएर ठेक्का बिक्री गरेको छ । दुइ वर्ष सम्म ठेक्का होल्ड गरेर क्याराभान कन्स्ट्रक्सनले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो । सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौँबाटै खोलिएका यि ठेक्काहरु अहिले वर्ष दिन देखि अलपत्र परेका छन् ।
डिजाइन स्टामेट मन्त्रालयमा असोज देखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले डिजाइन स्टामेट पास गर्न पुल महाशाखालाई ताकेता गरेर फिल्डमा आएर तत्काल काम गर्नुको साट्टो चुप लागेर बसेको आरोप लाग्दै आएको छ ।
अहिले केही भेरी नदिका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुलहरु निर्माण गरेर यातायातका साधनहरु सञ्चालन भइरहेका छन् । त्यस्तै जाजरकोटको तल्लुबगर , डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभीले चितवनले ठेक्का पाएको थियो । २६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टाम्याटको काम भइरहेको छ ।
यो कामको अनुगमण तथा मूल्याकंनको काम पुल सेक्टर सुर्खेतले हुर्दै आएको छ । ६ महिना भित्र डिजाइन गरिसकेर पुलको भौतिक तर्फको काम सुरु गर्नुपर्ने रहेको छ । त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुुल निर्माणका लागि ठेक्का भइसकेको छ ।
भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाड देखि डोल्पाको मरिमसम्म २३१।५ किलोमिटर लम्वाइ रहेको छ । भेरी करिडोरको जम्म लम्वाई ३१० किलोमिटर रहको छ । अहिले पासागाड –रिम्ना हुँदै तल्लु बगरसम्म पिचको काम सुरु भएको छ । यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ ।
अहिले एकाध ठाउँमा बेलिब्रिज बाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारबहन क्षमता भएका ट्रकहरु डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । सडक डिभिजन चौरजहारीले यस सडक खण्डमा पिचको काम गर्दै आएको छ । यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ । ठूला भारबहन क्षमता भएका सवारीसाधन तथा बसहरू सञ्चालन हुनका लागि यससडक खण्डमा पक्की पुल निर्माण हुनु जरुरी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार