मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न डाकियो सत्ता गठबन्धनको बैठक
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १९:३७:३९
८ चैत, काठमाडौं । मन्त्रिपरिषदको पुनर्गठन, प्रदेश सरकारमा हेरफेर र आगामी बैशाख १० मा हुनलागेको उपनिर्वाचनमा साझा उम्मेदवारबारेका एजेण्डमा छलफल गर्न सत्ता साझेदार दलको बैठक डाकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरुलाई पनि निमन्त्रणा दिइएको बताइएको छ ।
आजको बैठकले पहिलो एजेण्डामा राखिएको मन्त्रिपरिषदको विस्तारबारे दलहरुले कुन र कति मन्त्रालयमा प्रतिनिधित्व गर्नेबारे निर्णय दिने बताइएको छ । सांसद संख्याको हिसाव मन्त्रीहरुकोसंख्या तोने वा अरु दलको सहभागिकाताको अवस्था हेरेर मन्त्रालय सवभाजन गर्ने भन्ने निर्णय गरिने भएको छ । दलगत हिसावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ । प्रतिसांसद एक मन्त्रालयको हिसाव गर्दा कांग्रेसले नौ मन्त्रालय पाउनेछ । तर, यसरी हिसाव गर्दा मन्त्रालयको संख्या थोरै भएकाले सरकारमा अन्य दलको प्रतिनिधित्व कम हुने देखिएको छ ।
यसअघिका बैठकमा नेकपा एकीकृत समाजवादीले अब माग्ने पालो आफुहरुको भएको भन्दै तीन र महत्वपूर्ण मन्त्रालयमा दावी गरकेो छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा जाने मनसाय राखेको छ । उसले यसअघि तीन मन्त्रालय र एक राज्य मन्त्री पाएको थियो । तीन मन्त्रालयमा रास्वपाको दावी रहेपनि गृहमा भभने अहिले उसले दावी नगरेको बताइएको छ । गृहमा नेकपा एसले दावी गरिहरको छ । सरकारको नेतृत्व गरिहेको माओवादी गृह आफैसँग राख्ने मनसायमा छ ।
ठूलो दल भएकाले कांग्रेसले गृह र अर्थमध्ये एक मात्र लिने भनेको छ । बाँकी सूचना तथा सञ्चार प्रविधि, रक्षा, परराष्ट्र र भौतिक पुर्वाधारमा कांग्रेसको जोड छ । सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको थियो । यसबारे प्रदेश सरकार र उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषय पनि एजेण्डमा राखिएको छ । मूलत प्रहरी महानिरीक्षकबारे प्रधानमन्त्री प्रचण्ड र देउवाबीच कुरा मिलेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार