एसइईमा उत्कृष्ट जीपीए ल्याउनेलाई नगदसहित सम्मान गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १९:४४:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/see-exam-1_iWuJIWSldy.jpg)
८ चैत, सिमकोट । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विद्यार्थीलाई प्रोत्साहित गर्ने उदेश्यले एसइई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । गाउँपालिकाले यस वर्षदेखि सञ्चालनमा ल्याएको विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत पालिकाभित्रका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको जनाइएको छ ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेर २०७९ सालको एसइई परीक्षामा तीन दशमलव छ जीपीए ल्याएर एसइई पास गरेका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय भण्डरीले जानकारी दिए ।
उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन होस् भन्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने कार्यपालिकाले निणर्य गरेको प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए ।
गाउँपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १० हजारका दरले प्रोत्साहनस्वरूप सम्मान गर्ने तयारी गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षाको विकासका लागि विद्यार्थीलाई प्रोत्साहन स्वरुप सामान गर्न लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार