सभामुख निर्णायक रहेको कोशी प्रदेशमा मध्यावधिको कसरत
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार २१:४०:५२
८ चैत, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशको नेतृत्वमा तलमाथि आए मध्यावधिमा जाने संकेत दिएको छ । कोशी प्रदेशमा अहिले नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री रहेका छन् । उनी पुष १० मा केन्द्रमा भएको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले केन्द्रमा समीकरण परिर्वत भएर नेकपा एमाले प्रतिपक्षमा पुगेपछि नयाँ बनेको सत्ता गठबन्धन प्रदेशमा सरकार परिवर्तन गर्ने तयारीमा छ ।
मुख्यमन्त्री कार्की निकट स्रोतले दिएको जानकारी अनुसार कांग्रेस एमाले लगायतका दलहरुले एमाले नेतृत्वको सरकारलाई साथ नदिए अर्को सरकार बन्ने अवस्था छैन । कोशी प्रदेशमा एमाले ४० सीटसहित पहिलो स्थानमा आउँछ । उसलाई मुख्यमन्त्रीमा कायम रहन ४७ मत चाहिन्छ । तर, राप्रपासहितको जोडदा पनि ४६ सीट मात्र हुन्छ । कोशी प्रदेशमा गठबन्धनसँग पनि ४६ सीट मात्र छ । राप्रपाले गठबन्धनलाई साथ नदिएसम्म गठबन्धनको पनि सरकार पनि बन्दैन । यो अन्योलको अवस्थामा प्रदेशलाई राख्नुभन्दा मध्यावधिमा जानु उपयुक्त हुने एमालेको ठहर छ ।
अहिले कार्की माओवादीको समर्थनमा मुख्यमन्त्रीमा कायम छ । गठबन्धनले उनलाई साथ दिने अवस्था अब रहेको छैन । माओवादीले साथ नदिएको अवस्थामा राप्रपाको सहयोगले एमालेले मुख्यमन्त्रीको पद जोगाउन सक्दैनन् । आफु मुख्यमन्त्री नरहेन अवस्था आएपछि कार्कीले मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारी गरेका छन् । उनलाई एमालेको केन्द्रीय नेतृत्वले पनि प्रदेशसभा विघटन गरेर मध्यावधि घोषणा गर्न सल्लाह दिएको छ । कार्की एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन ।
मुख्यमन्त्री कार्कीले मध्यावधि निर्वाचन घोषणा गर्ने संकेत दिएपछि अहिले कांग्रेस र माओवादीका नेताहरु राजधानी पुगेका छन् । उनीहरुले शीर्ष नेतालाई भेटेर कोशी प्रदेशलाई मध्यावधिबाट जोगाउन भनिरहेका छन् । अरु दलका नेता काठमाडौं आएको माैका पारेर मुख्यमन्त्री कार्की भने आफु मुख्यमन्त्रीमा नरहने अवस्था आए तत्काल मध्यावधि घोषणा गर्ने तयारीमा छन् । यतिबेला नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापासहितका नेता यसै विषयमा छलफल गर्न काठमाडौंमा छन् ।
उपराष्ट्रपतिको निर्वाचनपछि शनिबार देउवा, आइतबार प्रचण्ड र सोमबार नेपाललाई कांग्रेस सांसदसहित थापाले भेटघाट गरेको स्रोतको भनाइ छ । प्रदेशमा मध्यावधि निर्वाचन रोक्नका लागि दलहरु मिलेर जानुको बिकल्प नभएको उनी बताइरहेका छन् । तर, एमालेलाई मख्यमन्त्री दिनुबाहेक दलहरुसँग अर्को बिकल्प छैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर प्रदेशमा तत्काल रहेको दुई गठबन्धनमा ४६–४६ सदस्य मात्रै छन् । सभामुखले सदनमा निर्णयक मत दिन पाउने भए पनि सरकार गठन प्रकृयामा उनी सहभागी हुन पाउँदैनन् । अर्को राप्रपाले गठबन्धनलाई नसघाउने बताइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार