मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार २२:१६:२३
८ चैत, काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ ।
महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त सांस्कृतिक सम्मिलन गर्न लागेको जानकारी दिएको हो ।
सम्मिलनले बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाको पहिचान, साहित्य लेखनका प्रमुख प्रवृत्ति पहिल्याउनुका साथै प्रदेशभित्रका स्थापत्यकला, चित्रकला, मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्नुका साथै मूल प्रवृत्ति पहिचान गरी बागमती प्रदेशभित्र रहेका सांस्कृतिक एवं अन्य सम्पदाको पहिचान र तिनको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विमर्शबाट नीति निर्माणमा सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरिएको छ ।
रामेछापका खाडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले एतिहासिक भूमिमा सम्मिलन गर्ने लागेकोप्रति खुसी व्यक्त गर्दै उक्त कार्यक्रमले रामेछापको कला, साहित्य, गीत, सङ्गीतलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्ने बताए ।
नेकपा (एमाले) का जनसांस्कृतिक महासङ्घ, नेपालले इञ्चार्ज माधव प्रधानले त्यो क्षेत्रमा रहेका लोकसंस्कृति, कला, लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने उद्देश्य रहेको धारणा राखे ।
सम्मिलनका अवसरमा चिरायु अस्पतालका सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । चिरायु अस्पतालमा निर्देशन डा सञ्जीवराज भण्डारीले जनसांस्कृतिक महासंघसँग मिलेर चिरायु अस्पतालमा निःशुल्क स्वास्थ सञ्चालन गर्ने र मन्थलीका मानिसलाई सेवा दिन पाउँदा खुसी लागेको बताए ।
गायक अमृत खातीले पहिलोपटक रामेछापमा सम्मिलन गर्न लागेको भए पनि बागमती प्रदेशमा १३ वटै जिल्लामा रहेका लोकसंस्कृति, कला, साहित्य लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने योजना रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार