अब खेल्दै सिक्छ नेपाल
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार २२:४३:४५
८ चैत, काठमाडौं । चिम्पभाइन, एक एड-टेक स्टार्टअपले आफ्नो ई-लर्निंग प्लेटफार्म सबै ग्राहकहरूको लागि सार्वजनिक गर्ने घोषणा गरेको छ। चिम्पभाइनको गेमिफाइड ई-लर्निंग प्लेटफार्म आउने हप्ता देशभरका ग्राहकहरूको लागि उपलब्ध हुने गरि सार्वजनिक हुने भएको छ।
चिम्पभाइनको नयाँ गेमिफाइड ई-लर्निंग प्लेटफार्ममा ग्राहकले सहज युजर इन्टरफेस मार्फत प्रि-के देखि कक्षा ८ सम्म नेपाली पाठ्यक्रममा आधारित मुख्य विषयहरू सजिलैसँग नेभिगेट गर्न र पाठ्यक्रमहरू चयन गर्न सकिने छ ।
प्लेटफर्ममा भएका गेमहरू नेपाली पाठ्यक्रममा आधारित छन् र ती गेमहरुले अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान जस्ता प्रमुख विषयहरूलाई समेट्छन्। यसले कक्षा ८ सम्मका विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीपहरू सिक्न र सुधार गर्नको लागि एक आकर्षक र नविनतम माध्यम उपलब्ध गराउँछ। सिकाइलाइ अझै उपलब्धिमुलक बनाउनका लागि प्लेटफर्ममा गेम सँगै क्विज र फ्ल्यासकार्ड्सहरु पनि समावेश गरिएको छ।
“हाम्रो लक्ष्य सिकाइलाई रमाइलो र सबैका लागि पहुँचयुक्त बनाउनु हो। विद्यार्थीहरूको सिकाइ उपलब्धि गेमिफाई लर्निङ्ग मार्फत अझ उपलब्धिमुलक बनाउन सक्छौ भन्ने कुरामा हामी विश्वस्त छौ “, चिम्पभाइन की कार्यकारी निर्देशक साश्या पौडेल बताउछिन ।
” आधुनिकता बढे सँगै हालका बालबालिकाहरूलाई मोबाइल फोन र ग्याजेट प्रयोग गर्नबाट रोक्न असम्भव छ। त्यही समयलाई उपलब्धिमूलक भने अवश्य बनाउन सकिन्छ। त्यसैले हामीले एउटा प्लेटफर्म सिर्जना गरेका छौं जहाँ बालबालिकाहरूले आफ्नो स्क्रिन समयलाई उपलब्धिमुलक बनाउन सक्छन्,” चिम्पभाइन की सेल्स हेड सृष्टि श्रेष्ठले बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार