मुलुकको व्यापार घाटा चिन्ताजनक, आयात र निर्यातमा संकुचन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार २३:९:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/aayat_yPoZLZrBlW.jpg)
८ चैत, काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो ।
गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको देखिएको छ । तर, ९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।
आर्थिक वर्षको सुरुवातबाटै खस्किएको वैदेशिक व्यापार ८औं महिनामा आइपुग्दा पनि उही प्रवृत्ति देखिएको छ । वस्तु आयात र निर्यात दुवै खुम्चिएको यो वर्ष कुल वैदेशिक व्यापार, व्यापार घाटा र भन्सार राजस्वमा समेत ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ औं महिनामा नेपालले साढे १० खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस अवधिमा निर्यातको आंकडा समेत १ खर्ब नाघेको छ ।
यस वर्ष आयात १९.१३, निर्यात २९.०७ ले कमी आएको छ । आयातमा आएको गिरावटले व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.८६ प्रतिशतले कम भएको छ । समग्र वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिबन्ध १ पुसदेखि लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघबाट हटाइएको थियो ।
सरकारले आयात प्रतिबन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिबन्ध हटाएको थियो । यी प्रतिबन्धका कारण कमी आएको आयात फागुनमा भने केही विस्तार भएको देखिएको छ । मंसिर महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा पुसमा १ खर्ब २९ अर्ब रुपैयाँको मात्र भएको थियो । माघमा १ खर्ब २६ अर्ब रुपैयाँको मात्र वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । फागुनमा भने आयात बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।
विभागको तथ्यांक अनुसार नेपालले फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आव २०७८÷७९ को तुलनामा भने १९.१३ प्रतिशत कम हो । सो आवमा आयात १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको भएको थियो । अघिल्लो आवमा निर्यातले कीर्तिमान बनाएको थियो । तर, चालु आवमा भने निर्यात खस्किएको छ । यस वर्ष फागुन मसान्तसम्म १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यो गत आवको यसै अवधिको तुलनामा २९.०७ प्रतिशत कम हो । गत आवको यसै अवधिमा निर्यात १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको भएको थियो । वैदेशिक व्यापारमा निर्यात बढेर हुने व्यापार घाटा कम हुनु सकारात्मक मानिन्छ । तर, नेपालमा भने निर्यात उच्च दरले घटेको अवस्थामा पनि व्यापार घाटा कम भएको छ । यसो हुनुमा आयातमा संकुचन आउनु हो । यस वर्ष फागुनसम्म १७.८६ प्रतिशतले व्यापार घाटा कम भएको छ । यस वर्ष ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्ष यसै अवधिमा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ थियो ।
भन्सार विभागका अनुसार कुल वैदेशिक वैदेशिक व्यापारको आकारमा यस वर्ष ठूलो गिरावट आएको छ । यसो हुनुमा आयात र निर्यात दुबैमा आएको संकुचन हो । तथ्यांक अनुसार फागुनसम्म ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा २०.१४ प्रतिशतको गिरावट हो । गत आवको फागुनसम्म १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यस वर्ष वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.०१ प्रतिशत र आयातको हिस्सा ९०.९९ प्रतिशत रहेको छ । यस वर्ष फागुनसम्म पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालले २ खर्ब २७ अर्ब रुपैयाँ विदेश पठाउनु परेको छ ।
नेपालले यस वर्ष १५८ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमा सबैभन्दा ठूलो हिस्सा भारतसँग रहेको छ । भारतबाट नेपालले ६ खर्ब ५६ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । ७४ अर्ब २१ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यसबाट भारतसँग मात्र नेपालको व्यापार घाटा ५ खर्ब ८२ अर्ब रुपैयाँको देखिन्छ । चीनबाट नेपालले १ खर्ब ४५ अर्बको वस्तु आयात गरेको छ । ५१ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । अमेरिकाबाट १२ अर्ब ६७ करोड रुपैयाँको वस्तु आयात गरेको नेपालले १२ अर्ब १३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व संकलनमा सुधार
फागुन ३, २०८१ शनिबार
यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन
माघ २०, २०८१ आइतबार
भारत र चीनका लगानीकर्ताले चलाएका १० कम्पनीको २० करोड कर उठाउन राजश्वमा पत्राचार
माघ १४, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार