बिपन्न परिवारलाई लघुबित्तको ऋण मुक्त पार्ने कदम चाल्न सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार २३:२३:२९
८ चैत, काठमाडौं । राप्रपा नेपाल केन्द्रिय कार्य सम्पादन समितिको आज काठमाडौंमा बसेको बैठकले बैंक र विभिन्न बित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन माग गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले लघुबित्तको ऋणचक्रमा परेका बिपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभाबकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको हो ।
साना किसान र साना ब्यबसायीहरुको दुराबस्थालाई ध्यानमा राखी ॠणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ । महङ्गी नियन्त्रण गर्न तत्काल शसक्त र प्रभाबकारी कदम चाल्न तथा पुँजि बजारका लगानिकर्ताहरुको आर्थिक सुरक्षामा तत्काल ध्यान दिनको निमित्त राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।
बैठकले संगठन बिस्तारका क्रममा काठमाण्डौ उपत्यका भित्रका सबै वडाहरुमा चैत्र मसान्त भित्र ईकाई समिति गठन गर्ने,प्राथिमिकता प्राप्त १५ जिल्लाहरुका वडाहरुमा बैशाख मसान्त भित्र ईकाई समिति गठन गर्ने,अन्य जिल्लाहरुमा कम्तिमा पालिका तहका जेष्ठ महिना भित्र ईकाई समिति गठन गर्ने कार्य योजना पारित गरेको छ ।
साथै जिल्लागत जिम्मेवारी दिई ६ वटा बिभिन्न टोली बनाएर जिल्ला पठाउने पठाउने निर्णय गरेको छ । नेताहरु राजिव पराजुली, श्याम तिमिल्सिना,सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङ लगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोलि जिल्लामा खटिने समेत निर्णय भएको छ ।
साथै चैत्र महिना भित्र प्रदेश स्तरिय प्रशिक्षण,बैशाख महिना भित्र जिल्ला स्तरिय प्रशिक्षण संचालन हुनेछ भने उपत्यका भित्रका पालिकामा चैत महिनामा र अन्य पालिकास्तरिय प्रशिक्षण मंसिर महिना भित्र सम्पन्न गरिने निर्णय भएको छ ।
साथै आर्थिक विभाग,कानुन बिभाग र नीति तथा अनुसन्धान बिभागको कार्यक्रम पास गरेको छ । बैशाखको दोस्रो हप्ता संयुक्त जनप्रदर्शन गर्ने र पौष महिना भित्र जनबर्गिय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रबक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार