बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्बको संयुक्त लगानी वल्र्डलिंकमा
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार २३:२९:५८
८ चैत, काठमाडौं । वर्ल्डलिंकले बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेशन इन्भेष्टमेन्ट ‘बिआएआई’ र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड ‘डिआइएफ आइआइ’बाट संयुक्त रूपमा एक अर्ब ९८ करोड लगानी प्राप्त गरेको छ।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टकर्ताबाट ८.४ मिलियन डलर अर्थात् एक अर्ब ८ करोड नेपाली रुपैयाँ र डोल्मा इम्प्याक्ट फण्डबाट ६.१ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो। यो इन्टरनेट क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो लगानी रहेको कम्पनीको भनाइ छ।
सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् एक अर्ब ३५ करोड नेपाली रुपैयाँको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी र हालको लगानी गरी कम्पनीमा २७।२ मिलियन डलर अर्थात् तीन अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ।
वर्डलिंकका सात लाख ५० हजारभन्दा बढी ग्राहकहरू छन्। यो एक निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीमा दुई हजार पाँच सय कर्मचारीले रोजगारी पाएका छन्।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरूको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्नेमा कम्पनी सकारात्मक छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार