भनेकै भाग चाहिएपछि गठबन्धनमा न प्याकेज न भागबन्डा !
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार १७:६:१६
९ चैत, काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि सत्ता राजनीतिको समीकरण फेर बदल र सहमतिकै नाममा चार महिना वितेको छ । तर, दलहरुकाबीच सहमति नबन्दा स्थिर मन्त्रिपरिषद समेत बन्न सकेको छैन् । मन्त्रिपरिषदका विषयमा दलहरु अझै भाग शान्तिको भागबण्डा मिलाउनमै प्रयासरत छन् । कहिले उनीहरु सहमतिमा पुग्छन । देशले स्थिर सरकार पाउँछ भन्ने एकिन छैन् ।
निर्वाचनपछि प्रतिनिधिसभाले सभामुख,उपसभामुख र राष्ट्रियसभाले उपाध्यक्ष पाइसकेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएर कामसुरु गरिसकेका छन । यो विचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुइ पटक संसदबाट विश्वासको मत लिइसकेका छन तर, देश चलाउन मन्त्रिपरिषदले अहिलेसम्म आकार पाएको छैन् । ६ चैतमा दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले भोली शुक्रबार सम्ममा मन्त्रिपरिषदलाई पुर्णता दिइसक्ने बताएका थिए ।
अहिले संघीय सरकारको स्वरुप नबनिरहेको अवस्थामा सत्ता साझेदार दलको बैठकमा प्रदेश सरकारको विषयले प्राथमिकता पाएको छ । सानो हैसियत भएका दलहरुले आलापालो भएपनि सरकारको नेतृत्व खोजिरहेका छन् । उनिहरुलाई नै गतिले र मालदार मन्त्रालय चाहिएको छ । प्रधानमन्त्री प्रचण्डको पक्षमा अहिले दल उभिएका छन् । त्यसमध्ये राष्ट्रिय जनमोर्चा मात्र एक पार्टी जसले सरकारी पदको दावी गरेको छैन् । दश दलको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सबैलाई भाग दिएर नै सरकारलाई अगाडी बढाउन बताइरहेको छ । यता, प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा अरु दल नभएको मौका पारेर विभिन्न दूरगाामी असरका निर्णयहरु गरिहेका छन् ।
माओवादी मात्रै रहेको मन्त्रिपरिषदले गरेका कतिपय निर्णयहरु विवादमा तानिएका छन् । भोली कांग्रेस पनि सरकारमा सहभागी भएको अवस्थामा यी विवादीत विषयको जवाफ दिनुपर्ने अवस्था छ । पार्टी र गठबन्धनभित्र जे जस्ता असहमतिका विषय भएपनि देश र दुनियाँलाई देखाउनकै लागि पनि सबैभन्दा पहिले मन्त्रिपरिषदलाई पूर्णतादिएर सरकार अगाडी जानुपर्ने अवस्था छ । प्रदेशका सरकारहरु पनि संगठित बनाउन आवश्यक छ । अझै पनि सत्तारुढ गठबन्धनमा संघ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्न भएको छलफल सहमतिमा पुगेको छैन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन आबद्ध प्रमुख चार दलका शीर्ष नेताको बैठकमा पनि माग्ने मात्रै काम भएपछि प्याकेजमै सरकारको नेतृत्व र पुनर्गठनको विषय टुंग्याउने भन्दै नेतााहरु उठेका थिए । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत प्रदेश सरकारको नेतृत्व र संघीय मन्त्रिपरिषद् विस्तार प्याकेजमा एकै पटक गर्न खोजिएको बताउँछन् । संघीय मन्त्रिपरिषद् र प्रदेशको नेतृत्वको टुंगो सँगसँगै लाने सहमति भएको उनको तर्क छ ।
कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा प्रारम्भिक छलफल मात्र सुरु भएको छ । गठबन्धनबाट बाहिरिएको एमालेले सात प्रदेशमध्ये कोशी, गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्व गरिरहेको छ । सुदूरपश्चिमबाहेकको अन्य प्रदेशको मन्त्रिपरिषद एमाले संलग्न छ । प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रालयको संख्याभन्दा गठबन्धनमा रहेका दलहरुले धेरै मन्त्रालयको दाबी गरेपछि मन्त्रालयको भागबन्डा जटिल बनेको छ ।
प्रधानमन्त्री प्रचण्डले संसद्मा सिट संख्याका आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरे पनि साना दलले यसमा सहमति जनाएका छैनन् । अर्कोतर्फ दलहरु कुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्नेमा आन्तरिक तयारीमा पनि जुटेका छन् । योगदान र योग्यतालाई मुख्य आधार मान्ने तथा समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर मन्त्री चयन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मापदण्ड बनाएको छ ।
यसैका आधारमा कांग्रेसमा मन्त्री चयनको आन्तरिक दौडधूप चलेको छ । कांग्रेसले नौ मन्त्रालय दाबी गरेको छ । यसबाहेक सरकार विस्तारमा तीन मन्त्रालयको दाबी गरेको एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल बनाएको छ । गृह वा अर्थ मन्त्रालयमध्ये एक आफैंले राख्ने गरी सरकारको नेतृत्व गरेको माओवादीले गृहकार्य गरिरहेको छ । कांग्रेसले गृह वा अर्थ रोजेर लिए एक मन्त्रालय आफूले पाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी छ ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुँदा सरकारको कार्यसम्पादन नै प्रभावित भएको छ । अहिले प्रधानमन्त्री प्रचण्डसँग १६ मन्त्रालयको जिम्मेवारी छ । माओवादी केन्द्र र जनमतमात्रै अहिले सरकारमा छन् । प्रचण्ड विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउने रणनीतिमा छन् । प्रदेश सरकारको नेतृत्व पनि आलोपालो गर्ने गरी भागबन्डाको तयारी भएको एकीकृत समाजवादी पार्टीका एक नेताले जानकारी दिए । हाल कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिसकेको हुँदा गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व पाउने सम्भावना छ ।
माओवादीले वाग्मती प्रदेश र कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । जसपा मधेस प्रदेश सरकारको नेतृत्वमा छ । त्यहाँ जसपा र जनमत पार्टीको आलोपालो गर्ने पूर्वसहमति छ । एकीकृत समाजवादीले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । तर, यो दलको दावीमा कहिले सहमति जुटर काम सकिन्छ भन्न एकिकन छैन् । स्रसदको हिउँदे अधिवेशन अन्त्य गर्ने समय आइसेको छ । संसदमा एक विधयककमाथि पनिछलफल भएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार