सामसङ्गले नेपालमा ल्याउँदैछ ग्यालेक्सी ए ३४ ५जि र ग्यालेक्सी ए ५४ ५जि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार १८:४:९
![](https://nepalbahas.prixacdn.net/media/albums/Samsung-Galaxy-A54-and-Galaxy-A34_hB9mzjCM2W.jpg)
९ चैत, काठमाडौं । इन्टरनेटभरी व्यापक हल्ला छ कि, सामसङ्गको नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको विश्वव्यापी बिक्री शुभारम्भ भएसंगै नेपाली बजारमा सामसङ्गको सर्वप्रिय ए–सिरिजका अत्युत्तम नयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो बढेको छ ।
अब भनें ती नयाँ स्मार्टफोनहरु नेपाल आउने पक्का भए जस्तो देखिन्छ। सामसङ्ग नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरुमा त्यसलाई चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरु हामी देख्न सक्दछौं ।
नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि विश्वव्यापी रुपमा बिक्री शुभारम्भ भइसकका छन् र विशेष गरी तिन्मा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरुमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ । दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।
ग्यालेक्सी ए३४ ५जि ४८ एमपि प्राइमेरी क्यामरा र २ एमपि म्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ ५जिमा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एँगल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउनुहुन्छ र तपाईंको जीवनका अत्युत्तम पलहरु क्याप्चर गर्ने सक्नु हुनेछ ।
दुवै ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएकाृ सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरु उनीहरुको रोजाईंमा ढुक्क हुनसक्छन । यी फोनहरु अतुलनीयरुपमा बलिया पनि छन्, यसका पानी र धुलो प्रतिरोधक आइपि६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् ।
सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसंग मिल्दोजुल्दो रहेको छ, जुन यसको सबैभन्दा ठूलो अपील मध्येको एक हो । तपाईंले मध्यम खालको मुल्यमा सामसङ्गको मुख्य बनावट पाइरहनु भएको छ । सामसङ्गले ए–सिरिजको शृँखलामा यी नवीनतम संस्करणहरुद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिले यसका प्रयोगकर्ताहरुको जिन्दगीमा साँचो अनुपम अनुभूति ल्याइदिनेछ र यी तयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
अमेरिकाले भारतबाट यति धेरै अर्ब डलर ऋण लिएको छ, ट्रम्पले कर लगाउनु अघि सोच्नुपर्छ!
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार