माई खोला हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन कहिले ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार १८:२२:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/LAST-DAY_IdIFE03KPp.jpg)
९ चैत, काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रकम स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज अन्तिम दिन रहेको छ। कार्यालय समयभित्र मात्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन २५ गतेदेखि उक्त आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ । हाइड्रोपावरले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात ३ लाख ९२ हजार १५७ कित्ता शेयर इलाम जिल्लाका स्थानीयहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सर्वसाधारणमा निष्काशन हुने शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५२ हजार ९४१ कित्ता शेयर बिक्री खुला गरेको हो ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।
यस आईपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार