पाँच एआईजीबाट आईजीपी छान्न दाहाल र देउवाबीच हानाथाप
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार १९:४८:४६
९ चैत, काठमाडौं । प्रक्रिया अनुसार एआईजीबाट आईजीपी बनाउन केही मापदण्डहरु बनाइएपनि ती मापदण्डहरुले खासै काम गर्दैन । संसदबाट विश्वासको मत पाएपछि नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्ने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल सुरु भएकाे छ । त्यसयता धेरै पटक दाहाल र देउवाले यसबारे छलफल गरेका छन् । प्रहरी महानिरीक्षकका लागि पाँच जना डीआईजीहरु यसै साता बढुवा भएर प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) मा आएका छन, यिनै मध्येबाट आईजीपी छान्नु पर्नेछ ।
सोमबार बढुवा भएका एआईजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा रहेपनि कुँवर वरियतामा अगाडी छन् । यस अगाडीका उदाहरण हेर्ने हो भने वरियताले भन्दा दल र त्यसको नेतृत्वसँगको उठबसले प्राथमिकता पाउँदै आएको छ । एआईजीसम्म दर्जामै पुग्न पनि उसको राजनीतिक पृष्ठभूमि खोजिने चलन छ । यतिबेला सरकारले पुर्णता नपाएपनि यी पाँच मध्येबाट एकलाई आईजीपी बनाउन प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच सहमति आवश्यक छ । एकल सरकार नभएकाले प्रधानमन्त्री आफुले चाहेकोलाई बनाउन भिटो प्रयोग गर्नसक्ने अवस्थामा पनि छैन् ।
यद्यपि प्रधानमन्त्री र देउवाबीच हुनेवाला प्रहरी प्रमुखको राजनीतिक पुष्ठभूमि नै विवादको विषय बनेको छ । प्रधानमन्त्री दाहाल पाँच एआईजीमध्ये लेफटिष्ट तर्फ झुकाव राखिरहेका छन भने देउवा डेमोक्रेटिक पुष्ठभूमिको भए राम्रो हुने भनिरहेका छन । उच्च स्रोतले दिएको जानकारी अनुसार बिहीबार अबेरसम्ममा प्रधानमन्त्री दाहाल र देउवाबीच नयाँ आईजीपीको नाम फाइनल हुँदैछ । आज फाइनल भएको नाममा नै मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ । भोली शुक्रबार नयाँ आईजीपीबारे निर्णय गर्नुपर्नेछ ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह चैत ११ बाट काममा आउने छैनन् । प्रहरीको २९ औँ आईजीपी बनेका सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । उनको पद लम्ब्याउनेबारे निकै बहस भएपनि सम्भव भएन । सिंह सँगै उनका ब्याचमेट ३ जना एआईजी, ३ जना डीआईजी र दुईजना एसएसपी पनि अवकाशमा जाँदैछन् । एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी यसै साता अवकाशमा जान लागेका हुन् । चैत ११ बाट डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जादैछन् । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका एसएसपी उमा शंकर पञ्जियार र जनकराज पाण्डेको पनि कार्यकाल सकिएको छ ।
आज साँझसम्म महानिरीक्षकको नाम टुग्याइने भएपनि समय रहेसम्म पाँच जना एआईजीहरु निकटकाे लविङमा कुदिरहेका छन् । विगतमा जस्तो राजनीतिक उतावचढावको प्रतिस्पर्धा भने यो पटक देखिएको छैन् । वरियता अनुसार अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको थियो । गृहसचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको ३० वर्षे प्रावधान हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई आग्रह गरेपनि तत्काल सो प्रावधान नहट्ने देखिएको छ । प्रधानमन्त्री प्रचण्डले प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि नहट्ने संकेत गरेसँगै नेपाल प्रहरीमा पाँच जना एआईजीहरु आईजीपीको लागि प्रतिस्पर्धी रहेका छन् । एआईजीको फूली लगाएको तीन दिनमै उनीहरु मध्ये एकजना आईजीपी हुने निश्चित प्रायः देखिएको छ । प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन केही राजनीतिक दलहरु सहमत भएपनि प्रधानमन्त्री प्रचण्ड असहमत भएपछि पाँच जना मध्ये एकजना आईजीपी हुने निश्चित भएको हो । जसले गर्दा एआईजीमा बढुवा भएलगत्तै पाँचै एआईजीहरुले आफ्नो तर्फबाट पहलकदमी थालेका हुन् ।
नेपाल प्रहरीमा ३० औं आईजीपीको दाबी गर्ने पाँच जना एआईजीहरु पछिल्लो कार्यक्षमता सबै सबल देखिएका छन् । खास ठूलो विवादमा नआएका र पाँचै जना आफ्नो कार्यक्षेत्रमा सबल नै रहेका छन । विगतमा जस्तो गम्भीर विवादमा नपरेका डीआईजीहरू एआईजी सिफारिस मात्रै भएनन, उनीहरुले बुधबार एआईजीको दर्ज्यानी चिन्ह समेत लगाए । दर्ज्यानीचिन्ह लगाएपछि उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर आफूहरु सबै आईजीपी हुन सक्षम रहेको बताएका थिए । प्रहरीमा ३० वर्षे सेवावधिको प्रावधान हेरफेर नहुने करिब निश्चित जस्तै भएको अवस्थामा ११ चैतबाट उनीहरु मध्ये एकजनाले प्रहरी संगठनको नेतृत्व सम्हाल्ने हुँदा प्रचण्डले पनि मिलेर प्रहरी संगठनमा काम गर्नुहोला भनिसकेका छन् ।
पहिलो नम्बरमा बढुवा भएकाले कुँवर आईजीपीका बलिया दाबेदार मानिन्छन् । यसअघि डीआईजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नुले उनलाई सहज भएको छ । उनी पछिल्लो पटक मधेश प्रदेशमा खटिएका थिए । डीआईजीमा बढुवा हुनु अघि अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवर एआईजी बढुवामा पनि १ नम्बरमै रहन सफल भए । कुँवर व्यावसायिक प्रहरी अधिकृत मानिन्छन् । उनलाई यातना पीडित भएको आरोप लगाएपनि त्यसले खास असर गरेको छैन ।
दोस्रो नम्बरका राई पनि इमानदार छवि भएका अधिकृत हुन् । लामो समय विशेष ब्युरोमा बसेर उनले सशस्त्र हिंसा तथा संगठित अपराधको नियन्त्रणमा देशका लागि महत्वपूर्ण भूमिका निभाएका उनी कार्यक्षेत्रमा सबल प्रहरी अधिकारी हुन । उनले लामो समय सादा पोशाकमा काम गरे । पछिल्लो पटक उनले लुम्बिनी प्रदेशको प्रमुख भएर काम गरे । उनी कोही कसैसँग नजिक देखिएका छैनन । राजनीतिक रुपमा पनि उनी कतै पनि ढल्केका छैनन् ।
तेस्रो नम्बरका दीपक थापा अर्का बलिया दाबेदार हुन् । एआईजी बढुवामा तेस्रो नम्बरमा परेकाले उनी पनि प्रहरीभित्र व्यवसायिक अधिकृत मानिए पनि चितवनमा एसपी हुँदा रहँदा प्रधानमन्त्री र उनको परिवारसँग निकट सम्बन्ध रहेका पुष्पकमल दाहाल प्रधानमन्त्री भएकाले उनका लागि अहिले सहज अवस्था बनेको छ । लामो समय प्रबन्ध शाखामा काम गरेका थापालाई संगठनभित्रको आर्थिक कारोबारबारे जानकार मानिन्छ । पछिल्लो पटक उनी बाग्मती प्रदेशको प्रमुख थिए । उनी सबै पक्षलाई मिलाएर लैजानसक्ने पात्र हुन ।
चौथो नम्बरका श्यामलाल ज्ञवाली पनि अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी पनि अहिलेसम्म कुनै ठुलो विवादमा फसेका छैनन् । उनका दाजु ठाकुर ज्ञवाली आईजीपी भएर निस्किएका थिए । पछिल्लो पटक उनी कोशी प्रदेशमा कार्यरत थिए । योजना र अन्वेषणमा काम गरेका ज्ञवालीलाई प्रशासनिक काममा दक्ष मानिन्छ । तर एआईजीमा नियुक्ति भएकै दिन उनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र मार्फत गृहमन्त्रालयले उमेर विवादको विषयमा छानविन शुरु गरेको छ । त्यसले गर्दा उनका लागि आईजीपीको बाटोमा तगारो उत्पन्न भएको छ ।
पहिलो पटक महिलालाई आईजीपी बनाउने अवसर भएकै कारण पाँचौँ नम्बरमा बढुवा सिफारिस भएकी किरण बज्राचार्य पनि आईजीपी पदकी एक प्रमुख हकदार हुन । साथै, यसपटक आईजीपी नियुक्तिमा इतिहास कायम गर्ने अवसर सरकारलाई रहेको छ । यसअघि उत्कृष्ट पुरस्कारहरू पाएकी उनी क्षमतावान महिला अधिकृतका रूपमा चिनिन्छिन् । उनी पनि प्रहरीमा इतिहास रच्ने दाउमा छिन् । सरकारले यसपटक उनलाई आईजीपीमा नियुक्ति गरेमा नेपाल प्रहरीकै इतिहासमा पहिलो महिला प्रहरी हुने अवसर प्राप्त गर्नेछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार