दुई बैंक बन्द हुँदा पनि अमेरिकामा फेरि बढ्यो ब्याजदर
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार १९:४५:२२
९ चैत, एजेन्सी । अमेरिकामा फेर बैंक ज्याजदर उच्च भएको छ । उच्च ब्याजदरले समस्या निम्त्याएकै कारण सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएकोअवस्थामा अमेरिकी केन्द्रीय बैंकले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको छ ।
केन्द्रीय बैंकले ओपन मार्केट कमिटीले मौद्रिक नीतिका लक्ष्य प्राप्तीलाई गहन रुपमा अध्ययन गरी सन्दर्भ ब्याजदर बढाइएको जनाएको छ । अब अमेरिकी केन्द्रीय बैंकको सन्दर्भ ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म कायम भएको छ । यसअघि यस्तो दर ४.५० देखि ४.७५ प्रतिशतसम्म थियो । अमेरिकाको हालको ५ प्रतिशतसम्मको सन्दर्भ ब्याजदर १७ वर्षयताकै उच्च हो । यसअघि सन् २००६ को जुलाइमा पनि ५ प्रतिशत थियो ।
मौद्रिक नीतिमार्फत मूल्यवृद्धिलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यद्यपि २०२३ अन्त्यसम्म ३.३ प्रतिशतसम्म यो दर कायम रहने प्रक्षेपण छ । हाल बढेको ब्याजदरले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी काम गरेको ठहर गर्दै कमिटीले ब्याजदर पुनः वृद्धि गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर वृद्धिपछि कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’अमेरिकी बैंकिङ प्रणाली बलियो र लचिलो छ, अब आगामी दिनमा पर्ने प्रभावलाई कमिटीले नजिकबाट हेरेर मौद्रिक नीतिमा पर्न सक्ने प्रभावलाई मूल्यांकन गरी सोअनुरुपको दिशानिर्देश गर्नेछ ।’
केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले ब्याजदर वृद्धि अब अन्तिम चरणमा रहेको बताएका छन् । उनको यो भनाइलाई यसपछिका दिनमा ब्याजदर नबढ्नेका रुपमा विश्लेषण गरिएको छ । मूल्यवृद्धि तत्कालै नभई लामो अवधिमा २ प्रतिशतको सीमामा ल्याउने लक्ष्य रहेको उनले टिप्पणी गरेका छन् । यसअघि सन्दर्भ ब्याजदर ०.५० प्रतिशतसम्म वृद्धि गर्ने तयारी रहे पनि अन्ततः ब्याजदरले नै समस्या पारेर दुई बैंक बन्द भएपछि फेड लचिलो भई ०.२५ प्रतिशत बिन्दुमा झारिएको अधिकारीहरुको भनाइ छ । बैंकहरुले ठूलो रकम यसअघि कायम भएको न्यून ब्याजदरको ऋणपत्रमा लगानी गरेका छन् । ब्याजदर बढ्दा स्टक मार्केटसँगै ऋणपत्रको मूल्य समेत घट्न जान्छ । जसले गर्दा तरलता व्यवस्थापनमा बैंकलाई समस्या पार्ने अधिकारीहरुले व्याख्या गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार