आगामी वर्ष २० दिन आंशिक र १५ दिन पूर्ण बैंक बन्द हुने
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार २०:५:२९
९ चैत, काठमाडौं । आगामी वर्ष बैंक तथा वित्तय संस्थाहरु बीस दिन आंशिक र १५ दिन पूर्ण रुपमा बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेपछि बैंक बन्द हुने तालिका आएको हो । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो । जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ ।
दशैंमा ६ दिन र तिहारमा ५ दिनसहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् । यस्तै दशैमा ६ दिन र तिहारमा ५ दिनसहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ । इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ ।
सीमित बैंकिङ कारोबार सहित फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ । यस दिनमा पनि सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ । १ वैशाखदेखि १५ कात्तिकसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यलय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै १५ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ । १५ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार