ताइपेइले होन्डुरसका लागि आफ्ना राजदूत फिर्ता बोलाउने
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार २२:३३:९
९ चैत, एजेन्सी । ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । होन्डुरसका विदेशमन्त्रीको चीन भ्रमणको विरोधमा ताइपेइले आफ्ना राजदूतलाई टेगुसिगाल्पाबाट आज फिर्ता बोलाएको हो ।
ताइवानसँगको आठ दशकभन्दा लामो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई बेवास्ता गर्दै टेगुसिगाल्पाले आफ्ना विदेशमन्त्रीलाई चीन भ्रमणमा पठाएर ताइवानी जनता र सरकारको भावनामा चोट पु¥याएकाले त्यसको विरोधस्वरुप आफ्ना राजदूतलाई तत्काल स्वदेश फर्कने आदेश दिइएको ताइवानी विदेश मन्त्रालयले जनाएको छ ।
“होन्डुरसको पछिल्लो कदमप्रति कडा असन्तुष्टि व्यक्त गर्न हामीले होन्डुरसमा रहेका हाम्रा राजदूतलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय गरेका छौँ, ” ताइवानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
होन्डुरसका विदेशमन्त्री एडुआर्डो एनरिके रेना बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने विषयमा वार्ता गर्न चीनतर्फ प्रस्थान गर्नुअघि ताइवानले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
यसअघि विदेशमन्त्री रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताउनुभएको थियो । ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको उनले उल्लेख गरेका थिए ।
होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै थप महत्वपूर्ण सम्बन्ध प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उनको कथन थियो । मध्यअमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।
होन्डुरसको चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय सार्वजनिक हुनेवित्तिकै बेइजिङले त्यसको स्वागत गरेको थियो । गत बुधबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ बिनले एक चीन सिद्धान्तका आधारमा होन्डुरससहित विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधै इच्छुक रहेको बताएका थिए ।
राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका थिए । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा अघिल्लो साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा पनि गरेका थिए ।
होन्डुरस सरकारले ताइपेईसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन । यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार