एसईईमा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार २२:४७:९
९ चैत, मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उनले बताए । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए”, चपाईंले भने । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए ।
उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका उनले बताए ।
लोकप्रियबाट छ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिनेछन् । प्रकाशज्योतिबाट नौ छात्रा र आठ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुनेछन् । लोकप्रिय र प्रकाशज्योतिका एक÷एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार