सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौंको कारोबार
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार २३:५३:३४
९ चैत, काठमाडौं । नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौंको कारोबार गरेको पाइएको छ ।
छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत सट्टेबाजी खेलाएर करोडौंको कारोबार गरेको खुलेको छ । प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।
सट्टेबाजीमा जुम्ला घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षका दिलिप सिंह कठायत, सोही ठाउँका भुपालराज न्यौपाने, नयनराज भण्डारी, सर्लाहीका वरुणकुमार सिंह, काठमाडौँका वासुदेव पाण्डे र काभ्रेपलाञ्चोकका शिवानी तामाङ एजेन्ट कै रुपमा संलग्न रहेको अनुसन्धानमा देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
सट्टेबाजी भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौंको बानेश्वर, पेप्सीकोला र भक्तपुरको लोकन्थलीमा प्रहरीले गरेको खोज अनुस्न्धानमा उनीहरु सट्टेबाजी खेलमा प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेको पाइएको उनको भनाइ छ । उनीहरुले विभिन्न सेवा प्रदायक टेलिकम कम्पनीका तीन सय ३६ भन्दा बढी सिमकार्ड प्रयोग गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
उनीहरुमध्ये दिलिपले विगत १ वर्षदेखि, भूपालराज न्यौपानेले विगत ९ वर्षदेखि, नयनराजले विगत ६ वर्षदेखि, बरुणकुमारले विगत ६ महिनादेखि, शिवानीले आफ्नै नाममा खाता खोली रोशनी गुरुङलाई उक्त खाता चलाउन दिइ विगत ८ महिनादेखि र वासुदेव पाण्डेले एक महिनादेखि वान–एक्स बेटमा सट्टाबाजी गर्ने एजेन्टका रुपमा काम थालेको अनुसन्धानमा देखिएको छ ।
उनीहरुले रकम सङ्कलन र भुक्तानी गरेका आधारमा कमिसन निर्धारण हुने भएकाले त्यसको लोभमा विभिन्न व्यक्तिलाई फसाएर उनीहरुको नाममा डिजिटल वालेटमा खाता खोलेर कारोबार गर्ने गरेको पाइएको छ ।
उनीहरुमध्ये दिलिप, भुपालराज र नयनराजको नाममा रहेको आठ वटा र आफन्तको नाममा दुई वटा नक्कली कम्पनीको नाममा दुई वटा कर्पोरेट खातासहित १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गर्ने गरेको पाइएको छ ।
तीमध्ये नौ वटा खाताको कारोबार हेर्दा हालसम्म कुल रु सात करोड ७७ लाख ८७ हजार कारोबार भएको देखिएको छ । प्रहरीका अनुसार बरुणको खातामा ८२ लाख, शिवानीको खातामा ४७ लाख कारोबार भएको पाइएको छ ।
प्रहरीको अनुसन्धानमा फेला परेको तथ्यअनुसार उनीहरुले अन्य ३५ जना व्यक्तिको नाममा डिडिटल वालेटमा खाता खोली रु ४१ करोड र अन्य १५ जना व्यक्तिको ३४ वटा खातामा १२ करोड २५ लाख कारोबार गरेको पनि फेला पारेको छ । पक्राउ परेकाहरुको खाताबाट भने रू आठ करोड ८ लाख कारोबार भएको पाइएको छ ।
उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँले अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार