आज निर्णय लिनुपर्ने प्रहरी प्रमुख नियुक्तमा अझै जुटेन सहमति
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार १५:४५:३४
१० चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहको कार्यकाल आज समिने भएकाले सरकारले उक्त ठाउनमा नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने भएपनि मुख्य दलबीच अझै सहमति नजुटेको बताइएको छ । बिहीबार यसबारे निर्णयमा पुग्न प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ र सत्ता घटकको मूख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै वार्ता भएपनि सहमति भएको छैन् । आज पुनः उनीहरुबीच छलफल हुँदैछ ।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच छलफल सकिएपछि मन्त्रप्रिषदको बैठक बस्नेछ । अपराह्न ४ बजे बोलाइएको मन्त्रिपरिषद बैठकको मूल एजेण्डा प्रहरी प्रमुखको नियुक्ति रहेको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन् । उनको अवकाससँगै पाँचजना एआईजीहरूको आईजीपीको प्रतिस्पर्धामा छन् । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् ।
पाँच एआईजीबाट आईजीपी छान्न दाहाल र देउवाबीच हानाथाप छ । प्रक्रिया अनुसार एआईजीबाट आईजीपी बनाउन केही मापदण्डहरु बनाइएपनि ती मापदण्डहरुले खासै काम गरेको छैन् । यद्यपी विगत जस्तो यसपट आईजीपी नियुक्तिका खास विवद देखिएको छैन् । सोमबार बढुवा भएका एआईजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा रहेपनि कुँवर वरियतामा अगाडी छन् । यस अगाडीका उदाहरण हेर्ने हो भने वरियताले भन्दा दल र त्यसको नेतृत्वसँगको उठबसले प्राथमिकता पाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार