मन्त्रिपरिषद विस्तारमा देउवा र प्रचण्डबीच आंशिक सहमति
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार १७:२२:३६
१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भएको एक्लाएक्लै छलफलमा संघीय मन्त्रिपरिषद विस्तार र प्रदेश सरकारको नेतृत्वमा आंशिक सहमति भएको बताइएको छ । दुई नेताबीच भएको सहमति अब सत्ता साझेदार दलहरुबीच छलफलमा लगिनेछ । बिहीबार भएको आंशिक सहमतिमा गृह मन्त्रालय माओवादी र अर्थ मन्त्रालय कांग्रेसले लिने भनिएको छ । यी दुई बाहेक नेकपा समाजवादीले रोजेको मन्त्रालय दिने देउवा र प्रचण्डबीच सहमति भएको उच्च स्रोतको भनाई छ ।
नेकपा एसले गृहमा दावी गरिरहेकाले सभापति देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेर सहमति निकाल्न भनेका छन । बिहीबार दुई नेताबीचको छलफलमा देउवाले प्रचण्डलाई कांग्रेसले गृहमा दावी गर्दैन, हामी अर्थ लिउँला तर, गृहका बारे तपाईले एकपटक माधव नेपालजीसँग छलफल गर्नुपर्छ भनेका थिए । यसबारे आज प्रचण्ड र नेपालबीच छलफल पनि भएको छ । अरु दलसँग पनि मन्त्रत्रालयबारे सहमति भइसकेको छैन् ।
सबै दलहरु सरकरमा आए कांग्रेस र माओवादीको भागबाट मन्त्रालय घटाउनुपर्नेबारे पनि छलफल भएको थियो । सभापति देउवाले अन्त्यमा गएर तपाईले चार मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्था आउनसक्छ भन्दै समस्या परेका कांग्रेस पनि एक मन्त्रालय छाड्ने मनस्थितिमा रहनुपर्ने अवस्था देखियो भनेका थिए । प्रचण्डसँग देउवाले कम्तिमा ७ मन्त्रालय नभए कांग्रेसमा भाग मिलाउन नसकिने बताएका थिए । पार्टीका गुट र उपगट मिलाउन पनि ७ वटाभन्दा तल मन्त्रालयले कांग्रेसमा विवाद हुन्छ । पार्टीले ९ मन्त्रालय लिन देउवालाई दवाव दिइरहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र देवाबीच अन्य दलहरुलाई दिने मन्त्रालयका बारे पनि आंशिक सहमति भएको छ जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन, जनता समाजवादी पार्टी (जसपा) लाई दुई, एकीकृत समाजवादीलाई दुई, जनमत पार्टीलाई एक, लोकतान्त्रिक समाजवादी पार्टीलाई एक, नागरिक उन्मुक्ति पार्टीलाई एक, राष्ट्रिय जनमोर्चालाई एक, आम जनता पार्टी र अमरेशकुमार सिंहमध्ये एकलाई एक मन्त्रालय दिने भनिएको छ । यसो गर्दा एक मन्त्रालय खाली रहन्छ भने राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने भनिसकेको छ ।
यस्तै प्रदेशतफै कोशी प्रदेशमा राप्रपालाई बढी मन्त्रालय दिएर सहमतिको प्रयास गर्ने विषयमा पनि छलफल भएको छ । अहिले राप्रपा र एमालेसँग कोशी प्रदेशमा ४४ सीट र छ भने गठबन्धनमा रहेका सबै दलको पनि ४४ सीट मात्र छ । कोशीमा सरकार बनाउन ४७ मत चाहिन्छ । अहिले कोशी, लुम्बिनी र गण्डकीमा एमाले नेतृत्वको सरकार छ । आलोपालो गरी लुम्बिनी र गण्डकीमा सुरुमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ भने वाग्मती र कर्णालीमा माओवादीको नेतृत्वमा सरकार बन्नेछ । सुदूरपश्चिममा अहिले कांग्रेसको मुख्यमन्त्री छ ।
देउवा र प्रचण्डबीच भएको भनिएको आंशिक सहमतिमा आजबाट गठबन्धनका दलहरुबीच छलफल हुनेछ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अहिले प्रधानमन्त्री र गठबन्धनको आलोचना भइरहेको छ । गठबन्धनमा रहेका राजनीतिक दलबीच सीमित संख्यामा रहेको मन्त्रालय बाँडफाँट गर्नुपर्ने भएकाले शीर्ष नेताहरूलाई सहमति जुटाउन प्रयास गरिहेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै मुख्य दलका शीर्ष नेता मन्त्रिपरिषद् विस्तारसम्बन्धी गृहकार्यमा जुटेका थिए । तर, सहमति भएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार