नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो, तोलाको कति ?
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार १७:२८:३१
१० चैत, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएके थियो ।
यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।
गत आइतबार सुनको मूल्यले कीर्तिमान रेकर्ड कायम राख्न सफल भएको थियो । सो दिन सुनको मूल्य तोला २ हजार ९०० रुपैयाँ बढेको थियो । उक्त दिनको कारोबारमा सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
यसैगरी बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँ बढेको छ। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि
कात्तिक ३०, २०८१ शुक्रबार
सुनको मूल्य २२ सयले घट्यो, तोलाको एक लाख ६० हजारमा कारोबार
कात्तिक २९, २०८१ बिहिबार
नेपाली बजारमा सुनचाँदीको मूल्य कति छ ?
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार