बुटवलभित्रका महत्वपूर्ण योजना वर्षाअघि सम्पन्न गर्न निर्देशन
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार १८:३६:४४
१० चैत, लुम्बिनी । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका महत्वपूर्ण योजना वर्षाअघि नै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने सङ्घ, प्रदेश र उपमहानगरपालिकाको लगानीमा सञ्चालित योजनाको आज अनुगमनका क्रममा उनले निर्माणाधीन योजना वर्षाअघि नै सम्पन्न गर्न निर्देशन दिएका हुन।
बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको प्रमुख राजमार्ग क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र र रानीगञ्जसम्मका सडक, पर्खाल र निर्माणाधीन योजनाको अनुगमन गर्दै प्रमुख पाण्डेयले निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए । उनले बजेट विनियोजन भएका योजना समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताए ।
यस्तै उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाइएको छ । बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएकाले चोरीनिकासी रोक्नका लागि टोली खटाइएको नगरप्रमुख पाण्डेयको भनाइ छ ।
“सीमावर्ती स्थानीय तहमा निर्माण भइरहेका संरचना तथा निर्माण कम्पनीको निगरानी गरी स्थानीय तहसँग छलफल गरेर नियमनमा ल्याउनेयोजना छ”, उनले भने। प्रमुख पाण्डेयले नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका साथै वर्षामा बाढी र कटानबाट हुने क्षति कम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार